मनाङ एयर व्यवसाय विस्तार गर्दै, आयो नयाँ हेलिकप्टर
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १५:५६:४८
२९ असोज, काठमाडौं । मनाङ एयर प्रा.लिले नयाँ हेलिकप्टर भित्र्याएसँगै नेपालमा आफ्नो व्यवसाय विस्तार गरेको छ । मनाङ एयरले फ्रान्समा बनेको अत्याधुनिक ‘एएस ३५० बी ३ ई’ हेलिकप्टर थपेर व्यवसायिक उडान सुरु गरिसकेको छ ।
फ्रान्सको एयरबस कम्पनीले निर्माण गरेको सो हेलिकप्टरले गत सोमबारबाट व्यवसायिक उडान थालेको कम्पनीले जनाएको छ । यस हेलिकप्टरलाई नागरिक उड्डयन प्राधिकरणले ९ एन–एएनजे कलसाइन दिएको छ ।
२०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एयर दुर्घटनामा पर्दा मनाङको हेलिकप्टरमा पनि क्षति भएको थियो । उक्त होलिकप्टर कामै नलाग्ने गरी बिग्रिएपछि कम्पनीले नयाँ हेलिकप्टर ल्याएको हो ।
कम्पनीका प्रवन्धक (सेफ्टी तथा अपरेशन) राजु न्यौपानेका अनुसार नयाँ हेलिकप्टर दशैं अगाडि नै भित्रिएको थियो । आवश्यक कागजात प्रक्रिया सकिएपछि गत सोमबारबाट मात्र व्यवसायिक उडान शुरु गरिएको उनले जनाए ।
एउटामात्र हेलिकप्टरबाट व्यवसाय धान्दै आएको मनाङसँग अब दुईवटा हेलिकप्टर भएको छ । यी हेलिकप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडान गर्न सक्छन् । अति दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृष्यावलोकन तथा उद्धार उडानमा थप भएको हेलिकोप्टरको प्रयोग गरिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपाल जस्तो भौगोलिक अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माण लगायतका विविध क्षेत्रमा समेत प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार