डब्लुसीएलमा चितवन राईनोजको विजयी सुरुवात
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार २३:५९:१७
२८ असोज काठमाडौं । चितवन राईनोजले महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग ‘डब्लुसीएल’ मा विजयी सुरुवात गरेको छ ।
बुधबार भएको उद्घाटन खेलमा क्वाट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन । २३ बलको सामना गरेकी सुमनले ४ चौका प्रहार गरेकी थिएन् । यस्तै प्यारी चौधरीले अविजित २४ रन जोडिन । त्यसबाहेक ऋतु कनोजिया १४ र काजोल श्रेष्ठले ११ रनको योगदान गरिन्।
काठमाडौंका ईश्वरी बिष्टले २ विकेट हात पारिन् । यस्तै संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले सामान १र१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १० विकेट गुमाएर ९२ रन बनाएको थियो ।
काठमाडौंका लागि रश्मी चौलागाईले सर्वाधिक ३४ रन बनाईन् । सरस्वती कुमारीले १५ रन जोडिन । कप्तान रुबिना क्षेत्री १ रनमा आउट भईन् । चितवनका सन्तोषी चौधरीले ३ विकेट लिईन् । यस्तै रेखा रावल र कविता गौतमले २र२ विकेट लिईन् । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत बिहिबारबाट हरेक दिन दुई खेल हुनेछ । बिहिबार काठमाडौंले पोखरा पल्टन तथा ललितपुर फाल्कोन्सले विराटनगर टाईटन्ससँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार