ट्राफिक अपडेट : कहाँ- के भयो ?
नेपालबहस संवाददाता
असोज २९, २०७६ बिहिबार २:३१:४१
२९ असोज, काठमाडौं । नुवाकोटको बिदुर नगरपालिका ४ बट्टार बजारमा आज बसले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटकै तारकेश्वर गाउँपालिका ५ गेस्र्याङका ११ बर्षीय युनिक तामाङ रहेका छन् । आज मध्यान्ह १२ बजे नुवाकोटको काउले भल्चेबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ७५०४ नम्बरको बसले पैदल हिडिरहेका बालकलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सवारी साधन जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ भने बस चालकलाई स्थानीयले कुटपिट गरी घाइते बनाएकाले उपचारका लागि काठमाडौँ ल्याईएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका ८ तिनकुनेमा आज बसको ठक्करबाट स्कुटरमा सवार एक वृद्धाको मृत्यु भएको छ । आज विहान पौने ९ बजे को १ ख १९३० नम्बरको बसले को २१ प २३६१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सुनसरीकै इटहरी १९ की ६१ वर्षीया कालीमाया राईको घटनास्थलमै मृत्यु भएको हो । स्कुटर चालक कालीमायाका श्रीमान् भने सकुशल रहेका छन् । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइसकेको छ ।
कास्कीको पोखरा महानगरपालिका २९ मा आज तिन वटा सवारी साधन आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । आज दिउँसो साढे १२ बजे बा ४ ख ८४१३ नम्बरको हाइस, ग ६ प ४३०० नम्बरको मोटरसाइकल र बा ६४ प ९३१० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको होे ।
दुर्घटनामा परी ४३०० नम्बरको मोटरसाइकल चालक कास्कीको पोखरा महानगरपालिका ३२ बस्ने २७ वर्षिय धन प्रसाद गेलाल, ९३१० नम्बरको मोटरसाइकल चालक ललितपुरका २८ वर्षिय सरोज महर्जन र पछाडि सवार २७ वर्षिया राजेश्वरी महर्जन घाइते भएका हुन् ।
घाइते मध्ये सरोजको अवस्था भने गम्भिर रहेको छ । चरक मेमोरियल अस्पतालमा घाइते गेलालको उपचार भइरहेको छ भने अन्य २ जना घाइतेको पश्चिम क्षत्रिय अस्पतालमा उपचार भइरहेको छ । हाईस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार