सिटी जेसीजको सप्ताहव्यापी पुरस्कार सम्पन्न
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १९:४१:४
३० असोज, कलैया । कलैया सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तिम दिन कलैया स्थित अमृता अनाथ आश्रममा रहेका अनाथ बालबालिकाहरुबीच शैक्षिक सामग्री तथा खानेकुरा हस्तान्तरण गरि एक कार्यक्रमबीच समापन समारोह सम्पन्न गरेको छ ।
उक्त समापन समारोहमा प्रमुख आतिथि नेकपा बाराका युवा नेता मुकेश साहले कलैया सिटी जेसीसका यो सप्ताहव्यापी कार्यक्रमले बारा जिल्लामा आफ्नो छुटै पहिचान बनाउन सफल भएको र समाज परिवर्तनका लागि स्थानिय युवाहरुलाई तालिमको माध्यमले नेतृत्व र व्यक्तित्व विकास गराउदै सराहनीय योगदान पुर्याएकोमा धन्यबाद दिए ।
नेपालले मनाउन लागेको भ्रमण वर्ष २०२० लाई सफल पार्नमा जेसीज संंस्थाले अग्रणी भूमिका निर्वाह पनि गरोस् । साथै बारा जिल्लामा रहेका एतिहासिक पर्यटकीय स्थलहरुको लागि प्रदेश सरकारसँग समन्वय गरि अगाडी बढन समेत सुझाव दिएका थिए ।
विशिष्ट अतिथि रहेका मधेसी नागरिक समाज बाराका संयोजक मोबारक अन्सारीले देशमा नै स्वरोजगारको व्यवस्था हु्ँदा हुँदै युवाहरुले विदेशिने प्रति बढि चासो रहेकोमा दुःख व्यक्त गर्दै युवाहरुले नेपालमा नै आफनो सीप र दक्षतालाई प्रयोग गरि देश विकासमा सहयोग पुर्याउनमा जोड दिएका थिए भने नजिकिदै गरेको विश्व प्रसिद्ध गढिमाई मेलामा हुने बलि प्रथा सम्बन्धि विचार राख्दै नेपाल सरकारको तथ्यांक अनुसार काठमाण्डौमा मात्र दिनहु १७ सय खसी, बोका र राँगा काटिदै आएकोले यस वर्ष करौडौको लगानीमा वद्यशालाको निर्माण बजट विनियोजन भएको प्रति आपत्ती जनाएका थिए। तर पाँच वर्षमा हुने गढिमाई मेला हिन्दूहरुको आस्थासँग जोडिएको बलि प्रथा रोक्नका लागि विभिन्न संघ संस्थाले विरोध गर्ने कार्यप्रति विरोध जनाएका थिए ।
समापन कार्यक्रममा गरिएको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सहभागि भएकाहरुलाई पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको थियो । साथै समापन समारोहमा छिमेकी शाखाका अध्यक्षहरुलाई मायाको चिनो तथा कलैयाका अस्थाई ट्राफिक पोष्ट, प्रभात खबर दैनिक पत्रिका संवाददातालाई सम्मान पत्र समेत वितरण गरिएको थियो ।
कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षीय मन्तब्यमा जेसीसका सप्ताहव्यापी कार्यक्रमको बारे प्रकाश पार्दै जेसीस सप्ताह अन्तर्गत पहिलो दिन रक्तदान गरि शुभारम्भ भएको थियो भने दोश्रो दिन विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरको सरसफाई, तेश्रो दिन जेसीज परिचय तथा नेतृत्व विकास तालिम, चौथो दिन कलैया नगरमा भित्र प्रवेश गर्ने चारै दिशाको मुल सडकमा होडींग बोर्ड लगाइएको, पाँचौ दिन विद्यार्थीहरुलाई लक्षित गरि सवारी दुर्घटना तथा टाफिक नियम सम्बन्धि अभिमुखिकरण तालिम गराएको र आज बुधवार अनाथालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रगी तथा खाने कुराहरु वितरण गरिएको कुरा बताउदै कार्यक्रममा उपस्थिति सबैलाई धन्याद ज्ञापन गरेका थिए ।
त्यसैगरि मातृ शाखा बीरगंज जेसीजका अध्यक्ष जेसी शेखर चौधरी, बसामाडीका सरोज अधिकारी तथा शारदानगर जेसीजका संतोष घिमिरेले आफ्नो मन्तब्य दिएका थिए भने बीरगजं जेसीजका निवर्तमान अध्यक्ष जेसी दिलिप ढुंगेल, महासचिव जेसी रंजन राउत, नेकपाका युवा नेता रमेश साह, आबिद हुसैन लगायतको विशेष उपस्थिति रहेको थिए ।
उक्त कार्यक्रममा कलैया सिटि जेसिजका पुर्व अध्यक्ष रामबाबु कुशवाहा, गंगासागर कुशवाहा, महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, जेसी विजय कुशवाहा, जेसी बैजु दास, जेसी संदिप साह, जेसी रोशन सहनी, कोषवृद्धी संयोजक पवन कुशवाहा सहितको सहभागिता रहेको थियो । कार्यक्रम संचालन उपाध्यक्ष जेसी शम्भु गुप्ता गरेको मिडिया संयोजक जेसी राजकुमार गिरी विजयले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार