चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हरेक हिसाबले सफल
नेपालबहस संवाददाता
असोज ३०, २०७६ शुक्रबार ०:५७:३१
३० असोज काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको जनाएको छ ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले राष्ट्रपति सीको भ्रमण सफल भएको भन्दै नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको बताए ।
भ्रमणबाट कनेक्टिभिटीका लागि रेल वे, विद्युत, सञ्चारलगायत क्षेत्रमा फाइदा हुने उनले बताए । बाँस्कोटाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकार प्रयासरत रहेको पनि बताए ।
सरकार शक्ति राष्ट्रका राष्ट्र प्रमुखलाई नेपाल भ्रमणमा ल्याउन इच्छुक र प्रयासरत रहेको बताए पनि उनले भ्रमणको समयबारे भने खुलाउन नसकिने बताए । सीको भ्रमणका क्रममा भएको २० बुँदे समझदारीले नेपाल र चीनबीच राजनीतिक सम्बन्ध, विकास सम्बन्धलगायतका सम्बन्धहरु बलियो बनेको बाँस्कोटाले जिकिर गरे ।
प्रवक्ता बाँस्कोटाले सरकारी जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को छानविन समितिको म्याद आगामी मंसिर २८ गतेसम्मका लागि थप गरिएको जानकारी दिए ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको कार्यकारी अधिकृत नियुक्तिका लागि उपयुक्त उमेदवार सिफारिस गर्न गठित सिफारिस समितिको म्याद पनि थप गरिएको उनले बताए ।
कार्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल बंगलादेश वणिज्य महाचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नबaराज ढकालको नेतृत्वमा १४ सदस्यीय वार्ता टोली गठन गरिएको उनले बताए ।
बैठकले नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामरा संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई सीमति दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार