उत्तरी सिरियाको आक्रमणबारे राष्ट्रसङ्घको चासो
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १२:०:३३
१ कात्तिक, काठमाडौं । सिरियाली कुर्द लडाकू विरुद्ध टर्कीले केही दिनयता घातक आक्रमणलाई निरन्तरता दिएसँगै त्यसबाट उत्पन्न परिस्थितिप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ ।
यद्यपि यी घातक हमलाको अन्त्य गर्न मागगर्दै संयुक्त राज्य अमेरिकाले गत मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिवन्ध लगाएको छ तर पनि टर्कीले आक्रमण भने रोकेको छैन । त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले चासो व्यक्त गरेको हो । बुधबार बसेको यस परिषद्को बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको पछिल्लो अवस्थाको बारेमा आवश्यक छलफल भएको बताइएको छ ।
बुधबारको सो बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ । उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय संकट पैदा भएको भन्दै यसबाट उत्पन्न हुनसक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताए ।
संयुक्त राज्य अमेरिकी सेना रहेको उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने निर्णयपछि टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । त्यस आक्रमण अहिले पनि जारी नै रहेको बताइएको छ । उत्तरपूर्वी सिरियाको यस इलाका खासगरी कुर्दिश लडाकूको नियन्त्रणमा रहेको बताइएको थियो । त्यस क्षेत्रमा घोषितरुपमा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग रोकेको बताए ।
उनको यस कार्यको अन्तरराष्ट्रिय समुदायले व्यापक मात्रामा विरोध गरेको अर्काे एक समाचारमा जनाइएको छ । यसलाई विश्व समूदायले असाधारण कदम भएको भन्दै आलोचना गरिरहेको छ । त्यहाँबाट आइएसलगायतका आतङ्ककारी समूहका व्यक्ति तितरबितर हुने, सिरियाकै अरु भागतिर जानसक्ने खतराप्रति पनि सुरक्षा परिषद्को उक्त बैठकमा चासो व्यक्त भएको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ जुनले यसै पनि द्वन्द्वको चपेटामा परिरहेको सिरियामा टर्कीले आक्रमण गरेर परिस्थितिलाई झनै जटिल बनाइदिएको जानकारी दिए । सो बैठकपछि समाचारदातालाई जानकारी दिँदै उनले सुरक्षा परिषद्को सो बैठकमा सिरियाको अवस्थाको बारेमा कुराकानी भएको र युद्ध थप नचर्काउने उपायको बारेमा सुझाव दिने काम भएको बताए ।
टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब एक लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । टर्कीले तत्कालै युद्धविराम गरेर यहाँको द्वन्द्व समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्नुपर्ने अमेरिकी धारणा रही आएको छ । टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने आशङ्का गरिएको छ ।
अमेरिकाले उत्तरी सिरियामा रहेका करिब एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय केही दिनअघि गरेको थियो । अमेरिकाको यही निर्णयको केही दिनपछि नै टर्कीले आक्रमण थालेको समाचारमा जनाइएको छ । उता टर्कीले भने सिरियाली भूमिमा आक्रमण गरेर त्यहाँ सुरक्षित इलाका निर्माण गर्न खोजेको प्रतिक्रिया अन्तरराष्ट्रिय समुदायलाई दिँदै आएको छ । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सो जानकारी दिए ।
राष्ट्रपति एर्डोगानले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र रहेको बताउछन् । आक्रमणबाट त्यहाँ ठूलो क्षति नभएको उनको भनाइ छ ।
मानवअधिकारवादीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन् । साथै हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भएको पनि अधिकारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार