मंगलबार , माघ १३, २०७७

मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर !

मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर !

१ कात्तिक काठमाडौं । के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ ? यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ ।

तर तपाईको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाईको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणकर्ताहरूको उक्त प्रतिवेदन युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘ईपी युरोपेस’ मार्फत् सार्वजनिक भएको हो ।

अध्ययनका लेखक तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोइले मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर अध्ययन गरिएको जानकारी दिए । मादक पदार्थ थोरै थोरै नियमित सेवन गर्नेभन्दा कहिले कहिले धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनबाट थाहा भएको उनले बताए ।

उनले अनियमित सेवनबाट मुटुमा धेरै असर गरेर मुटुसम्वन्धी समस्याहरू बढी सृजना गर्ने गरेको पनि बताए । उनका अनुसार अनियमितताले मुटुको धडकन बढ्ने, नाडीको रफ्तारलाई बढाउने वा अनियमित बनाउने, स्याँ स्याँ हुने, धेरै थकाइ लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या उनीहरूमा देखिने गरेको छ ।

मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कूल मात्रा वा मादक पदार्थ सेवनको कूल सङ्ख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दाबीसाथ भन्न भने अझै नसकिने विश्लेषण पनि छ ।

अध्ययनकर्ताहरुले यो सर्वेक्षणमा ९७ लाख ७६ हजार ९५६ जनालाई सहभागी गराइएको जानकारी दिएका छन् । सन् २००९ देखि शुरु भएको अध्ययन सन् २०१७ सम्म चलेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्थानीयवासीको सहयोगमा बालिका र वृद्धबीचको विवाह रोकियो स्थानीयवासीको सहयोगमा बालिका र वृद्धबीचको विवाह रोकियो ६ दिन पहिले
ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा ७ दिन पहिले
नबिल बैंकको संचालकमा टिवडेवाला र पौड्याल नियुक्त नबिल बैंकको संचालकमा टिवडेवाला र पौड्याल नियुक्त २ दिन पहिले
बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाउँदा किसान चिन्तित बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाउँदा किसान चिन्तित ६ दिन पहिले
सेफ बुढाथोकी न्यूजलाइन्स सम्मान–२०२१ बाट सम्मानित सेफ बुढाथोकी न्यूजलाइन्स सम्मान–२०२१ बाट सम्मानित १९ घण्टा पहिले
उद्यम तथा व्यवसाय विस्तारका लागी मेगा बैंककाे सम्झौता उद्यम तथा व्यवसाय विस्तारका लागी मेगा बैंककाे सम्झौता ६ दिन पहिले
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प ७ दिन पहिले
गणपति लघुवित्तले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांशकाे लागि राष्ट्र बैंकबाट स्वीकृत गणपति लघुवित्तले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांशकाे लागि राष्ट्र बैंकबाट स्वीकृत २ दिन पहिले