गोदावरीमा ३ वटा किरियापुत्री भवन
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १५:५१:५२
१ कात्तिक, ललितपुर । गोदावरी नगरपालिका–३ साविकको गोदावरीमा तीनवटा किरियापुत्री भवन निर्माण गरिएको छ । सागरमा गएका मलामीलाई रात–बिहान घामपानी र जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले नगरपालिका, वडा र स्थानीय गुठीको संयुक्त पहलमा सो भवन निर्माण गरिएको हो ।
साविकको गोदावरी क्षेत्रमा पर्ने कोटार, लेलिनथोक र पौँडोलमा एक-एक भवन निर्माण गरिएको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिए । कोटारमा रु आठ लाखमा भवन निर्माण गरिएको छ । लेलिनथोक र कोटारमा रात बस्न मिल्ने भवन छ । पौँडोलको भवनमा भने हाललाई रात बस्न मिल्दैन । रात बस्न मिल्ने खालको भवन निर्माण गर्ने तयारीमा रहेको घिमिरेले बताए ।
गोदावरीमा बढ्दै गएको शहरीकरणको कारण अन्यत्र स्थानबाट बसाइँसराइ गरेर आउनेलाई पशुपति क्षेत्रमा सरह सेवा सुविधा दिलाउन सो किरियापुत्री भवन निर्माण गरिएको गोदावरी कुण्ड संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष मदुसुधन पौडेलले बताए । उनले भने, “किरिया गर्न १३ दिनसम्म टाढा–टाढा धाउनुपर्ने, महङ्गो कोठा वा यातायात भाडा तिरेर यताउता गर्नुपर्ने समस्या अन्त्य गर्न भवनबाट सहयोग पुगेको छ ।” गोदावरीमा हाल सडक मर्मत सम्भार, गोदावरी कुण्ड मर्मत, धर्मशाला निर्माण, सार्वजनिक शौचालय निर्माणलगायत काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार