नमोबुद्ध र धुलिखेलमा राष्ट्रियगान होइन, नगरगान घन्किन्छ
Advertisement

१ कात्तिक, पोखरा । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार चयन भएका छन् । साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले २०६१ सालमा स्थापना भएको सङ्घको ४८ जिल्ला र विदेशमा पाँच सङ्घ स्थापना गरिएको जानकारी दिए । सङ्गीत विकास बोर्ड गठन गरिनुपर्ने र सबै क्षेत्रका कलाकारले योगदानको आधारमा रोयल्टी वितरण गर्नुपर्ने भन्दै उनले कलाकारलाई कसैका गहनाका रुपमा नभई राज्यको अभिन्न अङ्गको रूपमा लिनुपर्ने उल्लेख गरे।

सङ्घका पूर्व केन्द्रीय सहसचिव लोकनाथ सापकोटाले कलाकारलाई प्रयोग मात्रै गर्ने नभई उनीहरुको भविष्य सुनिश्चितता गर्नुपर्ने धारणा राखे । कार्यक्रममा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका सञ्चालक पत्रकार कृष्ण रानाभाट, लोक तथा दोहोरी गायक कृष्णप्रसाद गौतमलगायतले सङ्घले सबैलाई समेटेर लैजानुपर्ने बताए ।

Advertisement
Advertisement
अघिल्लो लेखगोदावरीमा ३ वटा किरियापुत्री भवन
अर्को लेखविप्लव समूहका थप दुई जना पक्राउ
नेपाल बहस

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्