धानमा कालो पोके रोग लागेपछि किसान चिन्तित
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १९:१३:३
१ कात्तिक, बलेवा । धानमा दाना लाग्ने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाको झण्डै ३०० हेक्टर जमीनमा लगाइएको ‘शङ्कर युएस १२’ नामको हाइब्रिड धानमा उक्त रोग लागेको छ ।
चिसो र वर्षाका कारणले लाग्ने सो रोगले ५० प्रतिशतसम्म उत्पादन घटाउने कृषि प्राविधिक बताउँछन् । कालो पोके रोग लागेपछि धानको दाना नलाग्ने, लागेको दाना नबढ्ने र पुष्ट दाना नहुने समस्या हुने बताइएको छ ।
“धानका लागि कालो पोके खतरनाक रोग हो”, कृषि प्राविधिक रवीन्द्र शर्माले भने, “यसपाली पोके धेरै देखिएकाले धान उत्पादन घट्ने निश्चित छ ।” धानमा दाना लागेर पुष्टिने बेलामा लागेको रोगले उत्पादन घटाउने स्थानीय किसान होमनाथ शर्माले बताए ।
“भएको एक हलको मेलो जमीनमा यहीँ धान लगाएको थिएँ, पाँच मुरी धान फल्ने खेतमा ५० पाथी उब्जिन्छ कि उब्जिन्न”, उनले भने, “बीउ गतिलो नपरेर हो कि मौसमका कारणले हो, उत्पादन घटेर बर्बाद बनाउने भयो ।” उनी जस्तै अन्य किसानले लगाएको धानमा सो रोगको समस्या छ । कालो पोके रोगकै कारण विगतको तुलनामा यस वर्ष धानको उत्पादन ह्वात्तै घट्नेमा किसान चिन्तित छन् ।
‘शङ्कर युएस १२’ नामको हाइब्रिड धानमा बाहेक अरु स्थानीय जातका धानमा रोगको सङ्क्रमण नरहेको प्राविधिक शर्माले बताए । जैमिनीका किसानले केही वर्ष पहिलेदेखि नै यो धानको बीउ प्रयोग गर्दै आएका थिए । “दश वर्ष पहिलेदेखि यहाँ उत्पादन हुँदै आएको धान हो”, नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भने, “यसपटक चिसो र वर्षाका कारण कालो पोकेको समस्या देखाप¥यो ।”
रोगको सङ्क्रमणका कारण धानखेतीमा क्षति पुग्ने निश्चित भए पनि किसानले क्षतिपूर्ति भने नपाउने भएका छन् । नेपाल सरकारले ‘शङ्कर युएस १२’ जातको धानको बीउ सामुन्द्रिक सतहबाट ७०० मिटर तल मात्रै प्रयोग गर्न सिफारिस गरेको छ । जैमिनीका किसानले सो धान लगाएको अधिकांश भूभाग ७०० मिटरभन्दा माथि एक हजार चार सय मिटरसम्म रहेकाले क्षतिपूर्ति सिफारिस गर्न नसकिने श्रेष्ठ बताउछन् ।
“हाम्रो सल्लाह र सिफारिसमा लगाइएको होइन, किसानले आफैँ ल्याएर बीउ लगाए”, उनले भने, “सिफारिस नभएको बीउले बेलाबेला धोका दिइरहन्छ ।” विगतका वर्षमा राम्रो उत्पादन भएको भन्दै कृषि शाखाका प्रमुख श्रेष्ठले नै बीउ बिक्री गरेका थिए। “सरकारले सिफारिस गरेको छैन तर किसानले मागेपछि हामीले पनि बीउ दियौँ”, उनले भने, “अहिले अधिक वर्षा र छिटो चिसो मौसम शुरु भएकाले समस्या देखियो ।” किसानले भने मौसमी सङ्क्रमणका कारण भएको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार