एनआरएनएको नवौं विश्व सम्मेलन : कसले-कति मत ल्याए ?
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार २०:२२:४१
१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ ‘एनआरएनए’को नवौँ अधिवेशनबाट अध्यक्ष पदमा १२ सय १७ मत ल्याएर कुमार पन्त विजयी भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको बताइएको छ । पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्यले १ हजार ७० मत ल्याएका छन् । प्राप्त जानकारीअनुसार उपाध्यक्षमा डा. बद्री केसीले ११ सय ६३, अर्जुनकुमार श्रेष्ठले १ हजार २६, मन केसी ९ सय ६१ , सोनाम लामाले ८ सय ४८ र महिला उपाध्यक्षमा रविना थापाले १२ सय ३२ ल्याएर विजयी भएका छन् ।
यस्तै निर्वाचन समितिका अनुसार ११ सय ३१ मत ल्याएर महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन् । यसैगरी सचिवमा गौरीराज जोशीले ९ सय १६ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा महेशप्रसाद श्रेष्ठले १६ सय ५३ मत ल्याएर विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दाहालले ११ सय ८४ मत ल्याएर आफ्ना प्रतिस्पर्धी गोविन्दप्रसाद गौतमलाई हराएर विजयी भएका छन् ।
निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो । ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए । निर्वाचनमा दुवै प्यानलबाट मिश्रित परिणाम आएको छ ।
यद्यपी कांग्रेस समर्थकबाट उपाध्यक्षमा सोनाम लामा, मन केसी, रविना थापा निर्वाचित भएका छन् । यस्तै महासचिवमा डा. हेमराज शर्मा, गौरी राज जोशी र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ पनि कांग्रेस समर्थकबाट निर्वाचित भएका हुन् । निर्वाचनमा करिब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी थिए ।
कसले-कति मत ल्याए हेर्नुस :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार