पानीको अभावले अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन
नेपालबहस संवाददाता
कात्तिक २, २०७६ आइतबार १:४१:२३
२ कात्तिक, अमरगढी । डडेल्धुराका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानी अभावका कारण प्रयोगविहीन भएका छन् । विद्यालयमा पानी नहँुदा ग्रामीण क्षेत्रमा रहेका विद्यालयका शौचालय देखाउनलाई मात्र निर्माण गरिए जस्तो भएको छ ।
“खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु”, शम्भुनाथ निमावी छचोडाका विद्यार्थी रमेश ताम्राकारले भने । यस ठाउँमा एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेका कारण थप समस्या आएको विद्यार्थीले बताएका छन् ।
“पिउने पानी त घरबाट ल्याउनुपर्छ अनि कसरी शौचालयमा पानी प्रयोग गर्नु ?” मणिलेक अधारभूत नवदुर्गा–१ निन्तोलाकी लक्ष्मीकुमारी बोहराले भने, “विद्यालयमा खानेपानीको धारा भए पनि पानी आउँदैन ।”
खोलाबाट पानी ल्याउन जाँदा र आउँदा आधा घण्टा बित्ने वीरबलभद्र मावि मैदेका विद्याथी ममता विक बताउछन । विद्यार्थीको काम विद्यालयमा आएर पानी बोक्ने नभई पढ्ने भए पनि पानी बोक्नुपर्ने बाध्यता रहेको विद्यार्थी लक्ष्मण रैकालले दुःख व्यक्त गरे । लाखौँ खर्च गरेर निर्माण गरिएका शौचालय प्रयोगविहीन हुँदा डडेल्धुरा खुला दिसामुक्त क्षेत्र घोषणामा मात्र सीमित भएको छ ।
विद्यालयमा शौचालय प्रयोगको अवस्था चिन्ताजनक भएको जिल्लास्थित सरोकारवालाले जनाएका छन् । “सदरमुकामकै विद्यालयको हालत यस्तो खराब छ भने ग्रामीण क्षेत्रका विद्यालयको झन् कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ”, नवदुर्गा–१ का मोहन बोहराले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार