Advertisement

३ कार्तिक, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका-४ स्थित हाटबजारबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पाल्पा तिनाउ गाउँपालिका-६ बस्ने ४८ वर्षीया नरकुमारी गाहालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट अम्मरपथबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नर कुमारीले तरकारीको बोराभित्र लुकाई राखेको उक्त लागूऔषध गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

धनुषा, जनकपुर उपमहानगरपालिका-८ रमानन्दचोकबाट महोत्तरी पिपरा गाउँपालिका-१ बस्ने २४ वर्षीय श्रवण मिश्र र २२ वर्षीय सुमन कुमार मिश्रलाई नियन्त्रित लागूऔषध प्रोक्सीभ्यान ३० ट्याब्लेट र नाईट्राभेट ६२ ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

टोखा नगरपालिका-१० भण्डारी टोलस्थित ५७ वर्षीय जित बहादुर केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय देव गुरुङ लगायत ९ जनालाई नगद २ लाख ४ हजार ४३ रुपैयाँ र १६ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बारामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रसौनी गाउँपालिका-३ स्थित इँटाभट्टामा काम गर्ने भारत युपी मुरहदाबाद घर भएका २० वर्षीय आरिफ मिया र सोही ठाउँ घर भएका १९ वर्षीय सारिक मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं महानगरपालिका-३२ टाउन प्लानिङ बस्ने सर्लाही घर भएकी २५ वर्षीया बबिता राउतलाई झिरझिरे पटका ८ प्याकेट, चक्र पटाका १ प्याकेट र खुर्सानी पटाका ६० प्याकेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बबिताले सोही ठाउँस्थित आफ्नै सोनाम किराना पसलमा उक्त पटाका बेच्दै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-३ स्थित बाग्लुङ, बाग्लुङ नगरपालिका-७ घर भएकी ३३ वर्षीया दिपा शर्माको किराना पसलमा ३२ प्याकेट पटाका फेला पारी शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको छ ।  बर्दिया, बढैयाताल गाउँपालिका-३ फुटाहाबाट मैनबत्ती पटाका ५ सय थान, फुलझरी पटाका २ सय थान, सुतली पटाका १ सय थान, चक्कर पटाका ५० थान र रकेट पटाका २० थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा थुपारी राखेको उक्त पटाका प्रहरीले फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिराहाकाे भगवानपुर गाउँपालिका-४ ठाँडीबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी राखेको करिब १३ लाख २२ हजार ८ सय ९६ रुपैयाँ बराबरको कपडा, कष्मेटिक सामान, हार्डवेयर सामान र अटोपार्टसका सामान शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने गोपाल कामैत र बाली कामैतको घरमा गोदाम गरी राखेको अवस्थामा उक्त सामान बरामद गरी आवश्यक कारवाहीको लागि ठाँडी भन्सार कार्यालय बुझाएको हो ।

आगलागीबाट विभिन्न धनमाल नष्ट 
रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ महजिदियास्थित राजकुमार यादवको घरमा शनिबार साँझ बिजुली सर्ट भई आगलागी हुँदा उक्त घरमा रहेको तारस मेसिनरी एन्ड हार्डवेयर पसलमा समेत आगलागी भई पम्पसेट १४ थान र अन्य पाटपुर्जा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, लालबन्दी नगरपालिका-७ बजारस्थित राजेस प्रसाद साहको हार्डवेयर पसलमा शनिबार राति बिजुली सर्ट भई आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्