ओलीबाट धोका : प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक ३, २०७६ आइतबार १९:६:५३
३ कार्तिक,काठमाडौं । “चोक्टा खान गाकी बूढी झोलमा डुबेर मरी” भन्ने नेपाली उखान समाजमा ज्यादै मार्मिक र अर्थपूर्ण मानिन्छ । यतिबेला नेपाली राजनीतिका चतुर खेलाडी पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि यही हालत बनेको छ ।
करिब दुई वर्ष अघि तत्कालिन नेकपा एमालेसँग एकीकरणका नाममा पार्टी बिसर्जन गर्ने निर्णय गरेका प्रचण्ड पूर्वसहमति पालना नहुने भएपछि घरको न घाटको अवस्थामा पुगेका छन् । पार्टी एकता गर्ने क्रममा समान हैसियतका दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्री बन्ने सहमति खड्गप्रसाद ओलीसँग भएको थियो । सहमति लिखितै छ, तर ओलीले पूर्वसहमति पालना नगर्ने संकेत गरिसकेका छन् ।
तर ईश्वरले यस विषयमा प्रधानमन्त्रीसँग कुरा राखेर निकास नखोजेको बुझाई प्रचण्ड पक्षको रहेको छ । उल्टो ओलीले मिडिया बोलाएर प्रचण्डको दोहलो काढ्ने अभिव्यक्ति दिएका छन् । यसले प्रचण्ड झस्किएका छन् ।
बेला बेला प्रचण्डलाई जवाफ दिने गरी ओलीबाट आउने गरेका अभिव्यक्तिले उनको मन अमिलिने गर्छ । तर गर्नसक्ने कुनै अवस्था छैन प्रचण्डको । आफ्नो असहमति र आक्रोश पोख्न अहिले उनी ओली निकट नेताको घरदैलो धाउन थालेका छन् ।केही दिन अघि मात्रै प्रचण्डले ओलीका विश्वास पात्र भनिएका रक्षामन्त्री ईश्वर पोखरेलसँग घरमै पुगेर गुनासो गरेका छन् ।प्रधानमन्त्री ओलीले आफूलाई बिल्टुवा बनाएको उनको दुखेसो थियो ।
ईश्वरलाई पार्टी स्कूल विभाग प्रमुख बनाउने प्रस्तावमा पूर्वमाओवादीले आपत्ति जनाएका बेला प्रचण्डले सकारात्मक भूमिका निर्वाह गरिदिंदा उनले सो पद पाएका थिए । उक्त घटनापछि प्रचण्डप्रति ईश्वरको धारणा बदलिएको मानिन्छ । यसै मेसोमा दुबै नेता एक अर्काको घरमा आउ जाउ गर्न थालेका हुन् । तर ओलीको ज्यादति बिरुद्ध गुनासो गर्न प्रचण्ड ईश्वरकहाँ जानु आफैंमा विचित्रको कुरा हो । प्रचण्डको चाहना भने ईश्वरमार्फत ओलीको ध्यानाकर्षण होस् भन्ने रहेको देखिन्छ । तर परिस्थिति भने ओलीका अघिल्तिर कसैले प्रतिकार गर्ने अवस्था नरहेको जानकार बताउँछन् ।
गएको विहिबार प्रधानमन्त्रीले कान्तिपुर दैनिकका प्रधानसम्पादकलाई बोलाएर यसबारे प्रचण्डलाई जवाफ दिएको अन्तर्वार्ता शनिबारको अंकमा प्रकाशित भएको छ । उक्त अन्तर्वार्ता प्रकाशित भएपछि प्रचण्डले पनि आफू निकट पत्रपत्रिकाका सम्पादकलाई ओलीबाट धोका हुने संकेत पाएको दुखेसो गरेको प्रसंग सार्वजनिक गरेका छन् ।
ईश्वर आफैं पनि ओलीबाट अन्यायमा परेको दुखेसो मनमा गाँठो पारेर बसेका नेता हुन् । ओलीले सबैलाई धोका दिने भए, भेटका अवसरमा प्रचण्डले यस्तो टिप्पणी गरेको स्रोतको दावी छ । ईश्वरले भने यस विषयमा ठोस प्रतिक्रिया नगरेपनि प्रधानमन्त्रीसँग कुरा राख्ने आश्वासन दिएका थिए । तर ईश्वरले यस विषयमा प्रधानमन्त्रीसँग कुरा राखेर निकास नखोजेको बुझाई प्रचण्ड पक्षको रहेको छ । उल्टो ओलीले मिडिया बोलाएर प्रचण्डको दोहलो काढ्ने अभिव्यक्ति दिएका छन् । यसले प्रचण्ड झस्किएका छन् ।
गएको विहिबार प्रधानमन्त्रीले कान्तिपुर दैनिकका प्रधानसम्पादकलाई बोलाएर यसबारे प्रचण्डलाई जवाफ दिएको अन्तर्वार्ता शनिबारको अंकमा प्रकाशित भएको छ । उक्त अन्तर्वार्ता प्रकाशित भएपछि प्रचण्डले पनि आफू निकट पत्रपत्रिकाका सम्पादकलाई ओलीबाट धोका हुने संकेत पाएको दुखेसो गरेको प्रसंग सार्वजनिक गरेका छन् ।
स्रोतका अनुसार हिजो शनिबार कान्तिपुरमा ओलीको अन्तर्वार्ता प्रकाशित भएपछि पूर्वमाओवादी पक्षको भेला प्रचण्ड निवासमा भएको थियो । भेलाले अब ओलीसँग विगतमा भएका सहमति र समझदारीबारे सार्वजनिक गर्दै जाने निक्र्याैल निकालेको छ । स्रोतका अनुसार हिजो दिउँसो प्रचण्डले यसबारे नेता माधवकुमार नेपालसँग वार्ता गरेका छन् । नेपालले प्रचण्डका कुरा सुनेपनि खासै प्रतिक्रिया दिएनन् । यो तपाईंहरुको विवादमा मैले के गर्न सक्छु र ? जे सहमति भएको हो पार्टी सचिवालयमा छलफल होस् , त्यहाँ म आफ्नो धारणा राख्छु – नेपालले भनेका थिए ।
ओली सिंगापुरबाट उपचारपछि फर्के यता नेताहरुसँग खासै छलफल गर्न रुचि देखाएका छैनन् । उपचारमा जानुअघि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षका रुपमा काम गर्न अह्राएका थिए । साथै आलोपालो प्रधानमन्त्री हुने पूर्व समझदारीको कार्यान्वयन इमान्दारीपूर्वक हुने विश्वास पनि दिलाएका थिए । यसैबीच नेपालीहरुको महान चाड बडादशैं परेकाले खासै छलफल भएन ।
गौतम आफैं पनि अहिले ओलीसँग खासै आशावादी देखिएका छैनन् । तर आफ्नो गुनासो सार्वजनिक गर्न पनि उनी सक्ने अवस्थामा छैनन् । उपचारका लागि सिंगापुर जानु अघि नेता बामदेवलाई पार्टी विधान विपरित उपाध्यक्ष बनाउने निर्णय सचिबालय बैठकले गरेको हो । तर अहिलेसम्म पार्टी निर्णय गराएर जिम्मेवारी भने दिइएको छैन ।
सामान्य कुरा हुँदा तत्कालै कार्यकारी अध्यक्षको भूमिका दिने बताउनु हुन्थ्यो , तर अहिले त यस विषयमा कुरै गर्न छाड्नु भएको छ – नेपालसँगको भेटमा प्रचण्डले भनेको स्रोतले जनाएको छ । ओलीको शिकार प्रचण्ड मात्रै नभई स्वयं माधव पनि भएका छन् । विगतदेखि नै नेता नेपालको ओलीसँग सुमधुर सम्बन्ध छैन । स्रोतका अनुसार यस विषयमा प्रचण्डले बामदेव गौतमसँग पनि कुरा गरेका थिए ।
गौतम आफैं पनि अहिले ओलीसँग खासै आशावादी देखिएका छैनन् । तर आफ्नो गुनासो सार्वजनिक गर्न पनि उनी सक्ने अवस्थामा छैनन् । उपचारका लागि सिंगापुर जानु अघि नेता बामदेवलाई पार्टी विधान विपरित उपाध्यक्ष बनाउने निर्णय सचिबालय बैठकले गरेको हो । तर अहिलेसम्म पार्टी निर्णय गराएर जिम्मेवारी भने दिइएको छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणले गर्दा प्रधानमन्त्री व्यस्त हुनु भएको हो , अब पूर्वसहमति बमोजिम काम हुने छ आशा गरौं – बामदेवले भनेका छन् । तर ओलीको अभिव्यक्ति र शैली भने कसैलाई कुनै जिम्मेवारी दिने भन्दा एकलौटी गर्ने नै देखिन्छ – प्रचण्ड निकट स्रोतको दावी छ ।
पूर्वमाओवादीलाई एक्ल्याउने सवालमा पूर्वएमालेहरु एकजुट हुने माहोल देखिएको छ – उनले भने हेरौं भोलि परिस्थिति कसरी अघि बढ्छ । तर अब हामीले पार्टी भित्र आफ्नो अस्तित्व जोगाउन ठूलै कसरत गर्नु पर्ला जस्तो देखिएको छ – उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार