पर्यटकलाई उपहार : धुलो र धुवाँ !
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ सोमबार १९:१३:५७
प्रकाश परिष्कार
४ कार्तिक, रामेछाप । यतिबेला रामेछाप जिल्ला सदरमुकाम मन्थली पर्यटकमय भएको छ । सगरमाथा आरोहणको सिजन भएको भएर पनि मन्थली पर्यटकले भरिभराउ भएको हो । सगरमाथा आरोहणको सिजन सुरु भए सँगै यो वर्ष मात्रै अधिक पर्यटकहरु मन्थलीमा भित्रिएका छन् ।
पर्यटकहरुको यो आवागमनले मन्थलीका होटल व्यवसायमा भने उल्लेख्य प्रभाव परेको रामेछाप होटल व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठ बताउँछन् । ‘पछिल्लो समय पर्यटकहरुको यो आगमनले रामेछापको होटल व्यवसायमा कस्तो प्रभाव परेको छ ?’ भनेर हामीले रामेछाप होटल पर्यटन व्यवसायी संघका अध्यक्ष श्रेष्ठसँग सोधेका थियौं ।
सो सवालमा उनी भन्छन्, ‘हामीले सोचेको जस्तो सकारात्मक र उत्साहजनक प्रतिफल पाउन सकिएको छैन । पर्यटकहरु आफ्नो उडान ढिलो हुने सम्भावना पछि होटलका कोठाहरु बुकिङ्ग गर्ने तर फेरि उडानको निष्चित भएपछि बिना जानकारी हिँडिदिँदा होटलका कोठाहरु रित्तै रहने अवस्था छ । यस्तो अवस्थामा होटल व्यवसायमा उचित प्रतिफल पाउन सकिएको छैन ।’
मन्थलीका होटल र पर्यटक तथा पर्यटन व्यवसायीहरुको बिचमा उचित समन्वयको अभावको कारणले यस्तो अवस्थाको सिर्जना भएको श्रेष्ठ स्वीकार्छन् । आगामी दिनमा सबै होटलहरुको तर्फबाट पर्यटकसँग समन्वय गर्न सक्ने २-३ जना कर्मचारी खटाएर होटल र पर्यटकको बिचमा समन्वय गराउने योजना रहेको उनले बताएका छन् । उता पर्यटकको पिडा पनि उस्तै छ ।
स्वीडेनबाट सगरमाथाको आरोहणका लागि आएका जोन म्याडेट क्रिस्टल मन्थलीको बसाई असाध्यै कष्टकर भएको बताउँछन् । होटलहरुको बारेमा जानकारी नभएको, भौगोलिकताका कारणले होटलको लोकेशन थाहा नभएको, यहाँको फोहोर र धुलोको कारणले पनि समस्या पारेको क्रिस्टल बताउँछन् ।
क्रिस्टल सँगै रहेका उनका अर्का साथी रुइपे नागोस्ली भने यो सम्बन्धमा अलग प्रतिक्रिया दिन्छन् । उनी भन्छन्, ‘डेभ्लपिङ्ग सेक्टरहरुमा सानातिना समस्या भनेका त भइहाल्छन् । हामी सगरमाथासम्मको डेन्जर यात्रामा निस्किएका पर्यटक यहाँको सानोतिनो समस्यामा मन दुखाउँदैनौं । हामी धुलो र दुःख पचाउँछौं’ उनले हाँस्दै भने ।
इतिहासमा नै धेरै उडान मन्थलीबाट
सगरमाथाको आरोहरणका लागि लुक्ला जाने पर्यटकको चाप यतिबेला मन्थली विमानस्थलमा पनि कम सानो छैन । दैनिक सरदर ३० देखि ३५ उडान हुने मन्थली विमानस्थलमा गत असोज १४ गतेदेखि २२ गते सम्म २ सय ९३ वटा उडान नभएका छन् ।
मन्थली विमानस्थलका प्रमुख अमित चौरसियाले दिएको जानकारी अनुसार गत असोज २० गते ६८ वटा उडान भए, जो यस विमानस्थलको इतिहासमा नै सबैभन्दा धेरै उडान हो । लुक्लाको मौसम खराब भएका कारण असोज १९ गते भने यस विमानस्थलबाट कुनै पनि उडान हुन नसकेको चौरसियाले नेपाल बहसलाई जानकारी दिए ।
यसैबिच, सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीनटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो ।
उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ । चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको उनले जानकारी दिए ।
तीन चालक दलका सदस्यसहित १३ विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९ एन–आई–ई विमान सकुशल अवतरण सफल भएको बताइएको छ । यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्यरुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार