राष्ट्रिय जनगणनाका लागि पाँच अर्ब रुपैयाँ खर्च !
नेपालबहस संवाददाता
कात्तिक ५, २०७६ मंगलबार १३:२८:१०
५ कार्तिक, काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले सोमबार फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।
नागरिक दैनिकमा आगामी जनगणनाका लागि राज्यले पााच अर्ब रुपैयाँ खर्च गर्नुपने भएको छ । यसअघि २०६८ को जनगणना गर्दा एक अर्ब ५० करोड खर्च भएको थियो । यसको तुलनामा २०७८ को लागत दुई सय ३३ प्रतिशतले बढी हो । एक दशकको मूल्य वृद्धि र गणनाविधिमा गरिएको परिवर्तनका कारण लागत बढ्न गएको केनद्रीय तथ्यांक विभागको दाबी छ ।
पत्रिकामा उल्लेख भए अनुसार यसघिको जनगणनामा शिक्षकहरुलाई गणकका रुपमा खटाइएको भए पनि अब भने गणक करारमा नियुक्त गरिने हुनेछन् । आगामी जनगणनामा घरधुरीका लागि एउटै मुल प्रश्नावली उपयोग गरिने र हरेक घरधुरीसँग समन्वय रहने तथ्यांक संकलन गर्ने विभागको जनसंख्या शाखाले जनाएको छ ।
कान्तिपुर दैनिकमा पीडित परिवार आलमको त्रासमा शीर्षकमा मुख्य समाचार प्रकाशित प्रकाशित गरिएको छ । समाचारमा उल्लेख भए अनुसार १२ वर्ष अघि रौतहटमा घटेको घटनाका पीडितले ‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौं, अब दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं भनेर प्रतिक्रिया दिएका छन् ।
समाचारमा कांग्रेस नेता तथा तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले १२ वर्ष पछि घटनाका दोषी कांग्रेस सांसद मोहम्मद अफताव आलमलाई पक्राउ गरिएकोमा आफू अचम्मित भएको र अदालतले निर्णय नगरेसम्म उनि निर्दोष रहेको बताउनुभएको समेत उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार