थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि
नेपालबहस संवाददाता
कात्तिक ५, २०७६ मंगलबार १३:५५:३
५ कार्तिक, एजेन्सी । थाइल्याण्डका राजाले आफ्नी एक श्रीमतीबाट शाही उपाधि खोसेका छन् । राजा माहा वाजिरालङकोर्नले गएको वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका थिए ।
राजाको चौथो श्रीमती बनेकी सुथिदालाई राजाले रानीको उपाधि दिए । त्यसअघिकी श्रीमती सिनीनात वङ्वाचिराफाकबाट राजा माहाले शाही उपाधि खोसेका हुन् ।
उच्च तहमा नियुक्ति पाएको केही महिनामै विश्वासघात गरेको आरोप लगाउँदै राजा माहाले सिनीनातबाट उपाधि घोसेको बताइएको छ । राजाका तर्फबाट सोमबार जारी गरिएको घोषणामा सिनीनात वङ्वाचिराफाक महत्वाकाङ्क्षी बनेको र उनले आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको उल्लेख छ । राजसंस्थाप्रति उनका व्यवहारहरु अपमानजनक रहेको पनि राजाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
राजा माहाले चौथो श्रीमतीका रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनापछि गएको जुलाईमा सिनीनातलाई ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’ को उपाधि प्रदान गरेका थिए । सो उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको थियो ।
मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन् । गएको अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार