देशभित्रै बल्झिएको सिमा विवाद सुल्झाउन सात बुँदे सहमति
नेपालबहस संवाददाता
कात्तिक ५, २०७६ मंगलबार १५:५८:२२
५ कार्तिक गोरखा । देश संघीयतामा गएसँगै बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुँदे सहमति भएकाे छ । जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो ।
दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढङ्गले सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए । “सिमाङ्कनका लागि स्थानीय दुवैतर्फका बस्तीको परामर्शमा सङ्घ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ”, उनले भने ।
तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु सोहीअनुसार प्रयोग गर्ने सहमति भएको प्रमुख गुरुङले जानकारी दिए । “परापूर्वकालदेखि भोगचलन गर्दै आएका खर्कहरु पहिले जे–जसरी प्रयोग हुँदै आएका छन्, त्यसलाई निरन्तरता दिने सहमति पनि भएको छ”, उनले भने । केही दिनअघि लाप्राक पुग्ने सडकखण्ड निर्माणमा भएको अवरोधलाई हटाउने निर्णय पनि सर्वपक्षीय बैठकमा भएको प्रमुख गुरुङले जानकारी दिए।
“बारपाक–लाप्राक सडकखण्ड मर्मतकार्यलाई तत्काल अघि बढाउने सहमति बैठकले गरेको छ”, उनले भने, “लाप्राकसम्म बस सञ्चालन गर्ने वातावरण बनाउन पनि सबै पक्षबीच सहमति भएको छ ।” खानेपानीको सवालमा स्थानीयवासीको आवश्यकतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा रहेको मूलको पानी सहमतिमा बाँडफाँड गर्ने निर्णय भएको छ ।
सहमतिअनुसार बारपाकको सामुदायिक वन समितिले नियन्त्रणमा लिएको लाप्राकका स्थानीयवासीका बोका र बाख्रा लाप्राकीलाई नै तत्काल फिर्ता गराउने सहमति भएको प्रमुख गुरुङले जानकारी दिए । त्यस्तै दुवै पक्षले त्यस क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै काम नगर्ने, अन्य विवादित विषयमा स्थानीय तहले सम्बन्धित वडाको परामर्श र सहयोगमा आपसी छलफलको आधारमा टुङ्गो लगाउने निर्णयसमेत गरिएको उनले जानकारी दिए ।
छलफलमा जिल्ला समन्यव समिति प्रमुख गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष तथा स्थानीयवासीलगायतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार