दुई भारतीय टेलिकम कम्पनी गाभ्न केन्द्रको स्वीकृति
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बिहिबार ०:४२:३९
६ कार्तिक, एजेन्सी । भारतको केन्द्र सरकारले दुई भारतीय टेलिकम कम्पनीलाई एकापसमा गाभ्न ‘मर्ज’ स्वीकृति दिएको छ ।
केन्द्र सरकारको मन्त्रिपरिषदले बुधबार महानगर टेलिफोन निगम लिमिटेड एमटीएनएललाई भारत संचार निगम लिमिटेड बिएसएनएलमा गाभ्न स्वीकृति दिएको भारतीय सञ्चार तथा प्रशारण मन्त्री रवीशंकर प्रसादले बताए ।
उनले महानगरीय टेलिफोन सार्वजनिक कम्पनी भएको र यसको शेयर स्टक कम्पनीमा सूचीकृत भएकाले मर्जका लागि केही समय लाग्ने स्पष्ट गरे । मर्जरको सम्पूर्ण प्रक्रिया पूरा नहुँदासम्म एमटिएनएललाई बिएसएनएलकै सहायक कम्पनीका रुपमा राखिने छ ।
मन्त्री प्रसादले दुबै कम्पनीलाई निजीकरण गर्ने वा बिक्री गर्ने भारत सरकारको योजना नरहेको बताए । उनले दुई वर्षभित्र बिएसएनएल नाफामूलक कम्पनीमा रुपान्तरण हुने विश्वास केन्द्र सरकारले लिएको पनि जानकारी दिए ।
सार्वजनिक संस्थाका रुपमा सञ्चालित धेरै भारतीय उद्योग र व्यवसायले आर्थिक संकटको सामना गर्नुका साथै नयाँ योजना, कार्यक्रम र व्यावसायिक योजना नहुँदा निरन्तर संकटग्रस्त रहेको भन्दै आलोचना भएपछि सरकारले पछिल्लो कदम उठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार