कात्तिक १८ गतेदेखि विश्व पोषण सम्मेलन हुने
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार ११:५५:२३
७ कार्तिक काठमाडौं । पोषण र खाद्य सुरक्षाका लागि यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौंमा पाँचौँ पोषण विश्व सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय योजना आयोगले नेपालमा पहिलो पटक सो सम्मेलन आयोजना गर्न लागेको हो ।
‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नारामा केन्द्रित रहेको सो सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० जनाको सहभागिता रहने आयोगका सहसचिव एवं प्रवक्ता डा किरण रुपाखेतीले आज पत्रकार सम्मेलनमा जानकारी दिए । हाल नेपालले पोषण र खाद्य सुरक्षा प्रवद्र्धन गर्न बहुक्षेत्रीय पोषण योजना दोस्रो ‘२०१८–२०२२’ कार्यान्वयन गरिराखेको छ । साथै पोषण कार्यक्रम देशका ७५३ स्थानीय तहमध्ये ६१० मा कार्यान्वयनमा रहेको छ ।
पोषणका बारेमा भएका असल अभ्यास तथा सिकाइका अनुभव आदानप्रदान, उपलब्धि समीक्षा तथा अगामी दिनमा रणनीतिका बारेमा सम्मेलनमा सहभागी देशका बीचमा छलफल हुने प्रवक्ता डा रुपाखेतीले जानकारी दिए। साथै सम्मेलनमा कुपोषण न्युनीकरणका लागि सहभागी देशका बीच थप प्रतिबद्धता गरिने र दिगो विकास लक्ष्यअन्तर्गत कुपोषणका सूचकको लक्ष्यअनुसार प्रगति प्राप्त गर्न थप सहकार्य पनि सम्मेलनमा हुनेछ ।
सबै प्रकारका कुपोषण अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको पहलमा यसका सदस्य देशका बीच स्केलिङ अफ न्युट्रेसन अभियान सन् २०१० बाट शुरु भएको थियो । नेपालले सन् २०११ देखि सो अभियानमा सहभागिता जनाउँदै आएको छ । हाल विश्वका ६१ देश सो अभियानमा आबद्ध भइसकेका छन् ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका पुड्कोपन, २७ प्रतिशत बालबालिका कम तौल तथा १० प्रतिशत बालबालिका ख्याउटे रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार