पेट्रोल र डिजेलमा ठगी गर्ने महतो फ्युल सेन्टर शिलबन्दी
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार १५:५१:४८
७ कार्तिक, लहान । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी विक्री वितरणका रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति पाँच लिटर पेट्रोलमा १०० मिली र प्रति पाँच लिटर डिजेलमा १४० मिली कम गरी बिक्री गरिरहेको फेला पारेपछि शिलबन्दी गरी विक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले जानकारी दिए ।
उक्त फ्युल सेन्टरको डिस्प्ले युनिट नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको जिम्मामा रहने गरी शिलबन्दी गरिएको सूचना अधिकारी आचार्यले बताए ।
फरार दुई पक्राउ
सरकारी छाप, दस्तखत कीर्ते र ज्यान मार्ने उद्योग मुद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा फरार सिरहाको साविक सिलोर्वा पछवारी गाविस–५ का ६० वर्षीय जुगे यादव र ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहा नगरपालिका– १९ का ८३ वर्षीय राम उदगार जगत दुसाधलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
प्रहरी चौकी सन्हैठा र प्रहरी चौकी सिलौर्वा पछवारीबाट खटिएको प्रहरी गस्ती टोलीले आफ्नै घर वतनमा लुकीछिपी बसेको अवस्थामा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेका दुसाधलाई ज्यान मार्ने उद्योग मुद्दामा कसुरदार ठहर गर्दै जिल्ला अदालत सिरहाले तीन महीना १८ दिन कैद यसअघि नै तोकिएको थियो । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
लागुऔषधसहित तामाङ पक्राउ
ठूलो परिमाणमा लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ पटेर्वाबाट एक जनालाई पक्राउ गरेको छ । भारतीय बजारबाट स १० प ६८९७ नंको २२० पल्सर मोटरसाइकलमा सिरहातर्फ आउँदै गरेका उदयपुरको कटारी नगरपालिका–३ का ४५ वर्षीय विजेन्द्र तामाङलाई लागुऔषसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको साथबाट लागुऔषध कोरेक्स ९० बोतल बरामद भएको सशस्त्र प्रहरी बल सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार