प्रधानमन्त्री ओली बालुवाटारमै सीमित
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार १८:२४:४९
१५ कार्तिक, काठमाडौं । मृगौलाका दीर्घ रोगी प्रधानमन्त्री खड्गप्रसाद ओलीको अबको दैनिकी फेरिने संकेत मिलेको छ । अकस्मात थलिएका प्रधानमन्त्री ओलीले दुई पटकको डाइलोसिस गरी हिजो साँझ सरकारी निवास बालुवाटार फर्केपछि दैनिकी बदल्ने निश्कर्षमा पुगेको स्रोतको दावी छ ।
गत मङ्गलबार साँझबाट ज्वरो र टाउको दुखाई बढेपछि प्रधानमन्त्री ओली नियमित स्वास्थ जाँचका लागि भन्दै बुधबार धापासी स्थित ग्राण्डी अस्पताल पुगेका थिए । डाक्टरले जाँच पड्ताल गर्दा मृगौलाले फेरि काम गर्न छाडेको पत्ता पाए । लगत्तै रगत सफा गर्न डाइलोसिस गर्ने निधो भयो ।
राति नै एक चरण डाइलोसिस गरियो । तर खासै सुधार भएन । क्रेटिना ९ बाट तल झरेन । अनि फेरि दोस्रो चरणको डाइलोसिस गर्ने निश्कर्षका डाक्टरको टोली पुग्यो । बिहीबार दिउँसो दोस्रो चरणको डाइलोसिस गरियो । बल्ल क्रेटिना तल झ¥यो ।
अझै पनि सन्तोषजनक रुपमा क्रेटिनाको मात्रा झरेको छैनः– उपचारमा संलग्न चिकित्सकको भनाई उधृत गर्दै बालुवाटार स्रोत भन्छ, प्रधानमन्त्रीज्यूले अब नियमित रुपमा डाइलोसिस लिनु पर्ने हुन्छ । यस्तो अवस्थामा प्रधानमन्त्रीसँग दुई विकल्प छन् ।
पहिलो भनेको नियमित रुपमा डाइलोसिस गर्नु नै हो । चिकित्सकका अनुसार, हप्ताको तीन पटकसम्म डाइलोसिस गर्नु पर्ने हुनसक्छ । यस्तो परिस्थितिमा एकपटक डाइलोसिस गर्दा चार घण्टाको समय खर्चनु पर्ने हुन्छ । यसको मतलब प्रधानमन्त्रीले अब आफ्नो कार्यशैली र रुटिनमा सुधार गर्नु पर्ने हुन्छ । अहिले भन्दा आधा काम घटाउनुु पर्छ ।
दोस्रो विकल्पका रुपमा पुन ः मृगौला प्रत्यारोपण गर्नु हो । तर ७० वर्षको हाराहारीमा पुगेका व्यक्तिका लागि दोस्रो पटक मृगौला प्रत्यारोपण त्यति सहज नहुन सक्छ । प्रत्यारोपण नै गर्दा पनि उनले करिव दुई महिना पूर्णत आराम गर्नु पर्ने हुन्छ । त्यसैले प्रधानमन्त्रीका रुपमा उनको भूमिका कमजोर हुने देखिन्छ । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्रीको कमजोर स्वास्थ अवस्था भएकाले कसरी अघि बढ्ने भन्ने सन्दर्भमा गम्भिर छलफल हुन थालेको छ ।
ओलीका निकटहरु सम्मिलित स्वास्थ बैठकमा विष्णु पौडेल, विष्णु रिमाल, गोकुल बाँस्कोटा, डा. दिव्या सिंह, डा. अरुण सायमी लगायत सहभागी भएको स्रोतको दावी छ । केही समय डाइलोसिसमै जाने र यसैबीच सिंगापुरका डाक्टरसँग सल्लाह गरेर मात्रै विकल्पबारे निधो गर्ने सहमति भएको बुझिएको छ ।
अब प्रधानमन्त्री ओलीलाई धेरै धपेडी नगराउने र सकेसम्म बाहिरको कार्यक्रममा सहभागी नगराउने निश्कर्षमा उक्त समूह पुगेको स्रोतको दावी छ । साथै प्रधानमन्त्रीको स्वास्थ अवस्थाबारे आधिकारिक रुपमा निजी चिकित्सकलाई मात्र बोल्ने गरी जिम्मेवारी दिने सहमति भएको छ ।
जसले गर्दा प्रधानमन्त्री ओलीको अधिकांश समय अब बालुवाटारमै वित्ने भएको छ । पार्टी वैठक होस् या मन्त्रिपरिषद बैठक सबै बालुवाटारबाटै सम्पन्न हुने छन् । साथै डाइलोसिस गर्न पनि बालुवाटारमै व्यवस्था गरिने भएको छ ।
यसका लागि सुविधासम्पन्न चिकित्सा औजार जडान गरिने भएको छ । स्रोत भन्छः– प्रधानमन्त्री ओलीको दैनिकी अब बालुवाटारमै सीमित हुने बुझिन्छ । यस्तो अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कस्तो निर्णय गर्ला त्यो भने कुर्नै पर्छः– ती नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार