मेडिकल माफियाको बिरोधमा डा.केसीले थाले १७ औं अनशन
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ सोमबार १८:४९:३५
१८ कात्तिक,काठमाडौं । मेडिकल माफियाहरुको बिरोधमा लगातार अनशन बस्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले आज सोमबारदेखि १७ औं अनशन सुरु गर्न लागेका छन् ।
सरकारले विभिन्न समयमा वाचा गरेका मागहरु पुरा नगरेको भन्दै केसीले ६ बुँदे माग राख्दै अनशन थाल्न लागेका हुन् । १६ औं अनशन इलाममा बसेका डा. केसीले १७ औँ अनशन भने नेपाल चिकित्सक संघको भवन प्रदर्शनीमार्गमा बस्न लागेका छन् । डा. केसी संघको अजीवन सदस्य समेत हुन् ।
केसीले नेपालमा मेडिकल शिक्षाको बिकृति र बिसंगति हटाइनुपर्ने माग गर्दै अनशन बस्न थालेको ७ वर्ष पूरा भइसकेको छ । यद्यपि आफ्ना माग पूरा नभएको भन्दै अनसन बस्न भने छाडेका छैनन् । केसीको अनशन श्रृङ्खला २०६९ असार २१ देखि सुरु भएको हो ।
यस्ता छन् डा. केसीको १७ औं अनशनका मागहरु :
१. २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
२. विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
३. आदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।
४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।
५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम संचालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम संचालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने ।
६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार