महराको थुनछेक बहस सकियो
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ सोमबार २२:३:८
१८ कार्तिक, काठमाडौं । संसद सचिवलयकी कर्मचारी रोशनी शाहीमाथि जबरर्जस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज सकिएको छ ।
हिजोबाट शुरु भएको थुनछेक बहस केही बेर अगाडि सकिएको हो । बहस सकिएसँगै अदालतले सम्भवतः अबको केही बेरमा नै थुनछेक आदेश जारी गर्ने तयारी गरेकोछ । जबरर्जस्ती करणाी उद्योग मुद्दाको पुर्पक्षका लागि महरालाई साधारण तारेखमा राख्ने, धरौटी तिराएर तारेखमा राख्ने वा र पुर्पक्षमा पठाउने भनेर अदालतले आदेश जारी गर्ने छ ।
थुनछेक बसह सकिनै लाग्दा महरामाथि बलात्कार प्रयासको आरोप लगाउने पीडित महिला समेत काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । थुनछेक बहसकै क्रममा महरा पक्षका कानून व्यवसायीहरुले पीडितलाई समेत अदालतमा उपस्थित गराउनुपर्ने जिकिर गरेपछि पीडित महिला शाहीलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
लगभग १ महिनाको अनुसन्धान पछि महराको गत बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार