परराष्ट्र मन्त्रालय
Advertisement

ट्विटर र फेसबुक प्रयोगकर्ताको मुखमा बुझो लगाउन नेपालीमा प्रेस विज्ञप्ती

२० कार्तिक, काठमाडौं । वैदेशिक सरोकारका विज्ञप्तीहरु अंग्रेजी भाषामा प्रकाशित गर्ने चलन छ । तर परराष्ट्र मन्त्रालयले नेपाली भाषामा विज्ञप्ती प्रकाशित गरेको छ । विज्ञप्तीमा हस्ताक्षर गर्ने व्यक्तिको नाम र दर्जा पनि छैन ।

एउटा प्रारम्भिक हस्ताक्षर ( इनिसियल सिग्नेचर) छ । यो विज्ञप्ती हेर्दा लाग्छ यो फेसबुक र ट्विटरमा आएका प्रतिक्रियालाई जवाफ दिनका लागि नेपाली सरोकारवालाहरुलाई विज्ञप्ती जारी गरिएको हो । अन्यत्र यस्तो नक्शा सम्वन्धी विवाद आउँदा सम्वन्धित देशको राजदूतलाई बोलाएर सोध्ने गरिन्छ । यस्तो केही गरिएको छैन । झारा टार्नका लागि विज्ञप्ती निकालिएको देखिन्छ । त्यो पनि नेपाली भाषामा ।

Advertisement

नेपालीहरु यत्ति मुर्ख पनि छैनन् कि सरकार गोली गट्ठा बोकेर कालापानी जाओस् । तर दिउँसै अध्यारो पार्ने गरी जनताको आँखामा छारो हाल्ने गरी फेसबुक र ट्विटरमा आवद्ध सामाजिक संजालका प्रयोगकर्तालाई थामथुम पार्ने र आगामी मंसीरमा हुने चुनावमा भोट नघटोस् भनेर यो विज्ञप्ती आएको कुटनीतिक र राजनीतिक विश्लेषकहरुको अभिमत रहेको छ । यसै बीच सीमा विवाद सम्बन्धमा जारी प्रेस विज्ञप्तीको भाषा र आशयप्रति फेसबुक र ट्विटरमा व्यापक आलोचना पनि शुरु भएको छ ।

विज्ञप्तीमा एकातिर कालापानी नेपालको हो भन्ने आशयको शव्द राखिएको छ भने अर्कोतिर विवादित विषयहरु आपसी समझदारीबाट सुल्झाउने भनी कालापानी विवादित क्षेत्र हो भनी सरकारले स्वीकार गरेको छ । कालापानी बारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने जनस्तरबाट माग बढी रहेको बेला सरकारले भने उल्टो कालापानीलाई विवादित क्षेत्र भन्ने स्वीकार गर्दै आपसी समझदारीका आधारमा समस्या सुल्झाउन आग्रह गरेको छ ।

अंग्रेजीमा विज्ञप्ती निकाल्न डरायो सरकार

गो ब्याक इन्डियासत्तारुढ दलका भातृ संगठनहरुले जुलुस निकालेको नाटक गरिरहेका छन् । त्यो नाटक आउँदो मंसीरमा हुने उपचुनावमा फेसबुक र ट्विटरवालाहरुले विपक्षमा माहोल बनाउलान् कि भन्ने डरले मात्र चुनावी मसलाका लागि मात्र हो । सीमा विवादका नाममा गुठी आन्दोलनले झैं धुव्रीकरण हुने हो कि भन्ने डरले सत्तारुढ दलका भातृसंगठनले गो ब्याक इण्डिया भन्ने नारा लगाएका हुन् ।

जुलुसमा सहभागीहरुका अनुहारमा देशभक्तिको झलक र आक्रोश कही कतै देखिदैन थियो । १२ बुँदे दिल्ली सम्झौतालाई जीवनको सबैभन्दा ठूलो मार्गदर्शक बनाएकाहरुले देशभक्तहरुको धुव्रीकरण नहोस् भन्ने एकमात्र रणनीतिमा गो ब्याक इण्डिया भन्ने नारा लगाई रहेको देखिन्छ ।

Press Release In Nepali Language Just To Muffle Twitter & Facebook Users

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्