सोमालियामा भिषण बाढी, १७ को मृत्यु, तीन लाख ७० हजार विस्थापित
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार १३:२२:४९
२१ कार्तिक, एजेन्सी । सोमालियामा आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार अरू तीन लाख ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित हुनु परेको छ ।
राष्ट्रसङ्घीय अधिकारीहरूले बाढीका कारण सोमालियामा ठूलो जनधनको क्षति भएको भन्दै सहयोगका लागि अपिल पनि गरेका छन् । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी कार्यालयले बाढीबाट पाँच लाख ४७ हजार नागरिक प्रभावित भएको जनाएको छ ।
“देशको बेलेट वेयन जिल्लाका मात्रै ४५ हजार ५०० घर परिवारका झण्डै २ लाख ३७ हजार जना विस्थापित भएको अनुमान गरिएको छ,” कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
खेतीयोग्य जमिन, भौतिक संरचनाहरू, बाटोहरूलगायत पनि भत्किएर क्षतिग्रस्त भएको अधिकारीहरूले जानकारी दिएका छन् । “बाढीका कारण हिर्साबेल्ले, जुबल्याण्ड र दक्षिणपश्चिमी राज्यहरू पनि प्रभावित भएका छन्,” राष्ट्रसङ्घले भनेको छ ।
विज्ञ र सरोकारवाला निकायहरूले नोभेम्बर महिनाभरी वर्षा भइरहन सक्ने चेतावनी दिएका छन् । उनीहरूले रोगको प्रकोप पनि फैलिन सक्ने बताएका छन् । लगातारको ठूलो वर्षाका कारण नदीमा पानीको सतह बढेर डुबान भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझिसहितले सर्वोच्चमा दिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार