स्थानीय तहको उपनिर्वाचनमा उत्साहपूर्वक मनोनयन दर्ता ४८ पद २८१ उम्मेदवारी
Advertisement

२१ कार्तिक, काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् । यसका साथै यसै बिषयको समाचारलाई पत्रपत्रिकाले विभिन्न फरक – फरक शिर्षकमा प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

बुधबार नेपालबहस डटकममा पनि नयाँ नक्साबारे परराष्ट्रको लेटरप्याडमा हस्ताक्षर कसको हो सरकार ? अंग्रेजीमा विज्ञप्ती निकाल्न डरायो सरकार ? ‘गो ब्याक इन्डिया ! कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’ लगायतका शिर्षकलाई मुख्य प्राथमिकतामा राखेर समाचार प्रकाशित भयो ।

यता काठमाडौंबाट प्रकाशित हुने नागरिक दैनिकमा सरकारले कालापानी नेपालको भू–भाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा मान्य नहुने समाचार प्रमुख समाचार बनाएको छ ।

Advertisement

समाचारमा उल्ल्लेख भए अनुसार परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट पारेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम् तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत समाचारमा उल्लेख गरिएको छ । सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा मान्य नहुने भन्दै सर्वसाधारण समेत आक्रोशित भएको नागरिकमा समाचार छ ।

राजधानी दैनिकले उपनिर्वाचनको तयारी पूरा भएको समाचारलाई प्रमुख समाचार बनाएको छ । राजधानीका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई निश्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिदद्ध रहेको बताउनु भएको छ । तिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन स्थानहरुमा मंसिर १४ गते हुने उपनिर्वाचन हुँदैछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्