उपनिर्वाचन २०७६ विशेष : कहाँ- कहाँ मनोनयन दर्ता भयो ?
Advertisement

२१ कार्तिक, मध्यपुरथिमि । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेर १५ मिनेटमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने कृष्णप्रसाद पाध्याले पहिलो उम्मेदवारी दर्ता गराए ।

त्यसैगरी १० बजेर ३० मिनेटमा चानपा ५ छालिङ बस्ने जीवन नेपालीले दोस्रो उम्मेदवारी दर्ता गराए । दुवै उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकृत सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए।

दलहरुका तर्फबाट भने साझा पार्टीले पहिलो उम्मेदवारी दर्ता गराएको छ । जुलुस र तामझाका सहित गएको साझा पार्टीले पौने ११ बजे सुरज प्रधानको उम्मेदवारी दर्ता गराएको छ ।

Advertisement

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेश ‘क’ प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिष्काघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्