विद्या भट्टराई
Advertisement

२१ कार्तिक, काठमाडौं । देशभर सत्तापक्ष र प्रतिपक्षमा रहेका पार्टीबाट टिकट लिएका उम्मेदवारहरू धमाधम आफ्नो नाम दर्ता गराउँन व्यस्त रहेका बेला सत्तारूढ दललाई नै हल्लाउने गरी कास्की क्षेत्र नं.२ मा कमलजंग कुँवरले मनोनयन दर्ता गरेका छन् । यो मनोनयनले राजनीतिक वृत्तमा विशेष अर्थ राखेको एक राजनीतिक विश्लेषकले नेपालबहसलाई बताए ।

प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा नेकपा नेताले बागी उम्मेदवारी दर्ता गराउनु सामान्य विषय नभएको उनको तर्क छ । उनले भने : देशमा दुई तिहाई बहुमतको धक्कु लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शासन गरेको मात्रै छैन, यसले पार्टीका नेता कार्यकर्तालाई र निम्न वर्गका जनतालाई शासन र हैरानी दिइरहेको प्रस्ट झल्को यो उम्मेद्वारीले दिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको बगलीबाट निस्किएको नेकपाकी आधिकारिक उम्मेदवार विद्या भट्टराई मनोनयन दर्ता गराउन पुग्दा नपुग्र्दै बाघी उम्मेद्वार कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ज गरिसकेका थिए । उनी नेकपाकै कार्यकर्ता हुन् ।

Advertisement

कास्की प्रकरणले अब विद्यालाई साहनुभुति दिने बालुवाटार मात्रै भएको पुष्टि भएको ती नेताले नेपालबसहलाई बताए । उनले भने : राजनीतिमा के–को सहानुभुति ? अब हुने चुनावमा दल हेरेर होइन व्यक्ति र उसको चरित्र हेरेर भोट हाल्ने हो । समाज र देशका लागि अपरिहार्य, राष्ट्रिय स्तरमा बहस गर्न सक्ने व्यक्ति चुन्न नागरिकले पछि पर्न नहुने उनको तर्क छ ।

विद्याको प्रस्तावक नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्ण थापा बसेका छन् भने समर्थकमा प्रदेशसभा सदस्य प्रभा कोइराला रहेकी छिन् । निर्वाचन कार्यतालिका अनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ। कार्तिक २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ। निर्वाचनमा यस अघि भाग लिइसकेका ८५ वटा पुरानै दल सहभागी हुँदैछन्। यस्तै, १६ वटा नयाँ दलले पनि निर्वाचनमा सहभागिता जनाउनेछन्।

Advertisement
Previous articleउपनिर्वाचनले कास्कीको वातावरणमा रौनकता
Next articleजनमोर्चाका उम्मेद्वारलाई सत्तारुढ दलको समर्थन

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here