जनता बैंकले क्याम्पसलाई दियो १० लाख सहयोग
Advertisement

२१ कार्तिक, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । आज एक समारोहका बिच बैंकले बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सहजहोस् भन्नका लागि सो रकम दिइएको जनाएको छ । सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ ।

क्याम्पसमा हाल छात्र÷छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष हमालका अनुसार नक्साल स्थित बालमन्दिरमा शिक्षाशास्त्र संकायको बि.एड. कक्षा संचालन भइरहेको र अब आउने दिनमा क्याम्पसले आफ्नै भवन निर्माण गरि व्यवस्थापनको पढाई समेत संचालन गर्ने योजना बनाएको छ ।

Advertisement

सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखि सामाजिक कार्यहरु गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्