आलम पक्राउ प्रकरणमा प्रहरीभित्रै होडबाजी !
Advertisement

२१ कार्तिक,काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कार्यभार सम्हालेयता मुलुकको सुरक्षा अवस्थामा ठूलै परिवर्तन नभएपनि सन्तोषजनक प्रगति भएकै देखिन्छ । विगतका प्रहरी नेतृत्वको तुलनामा इमान्दार छवि र कार्यकौशल देखाएका महानिरीक्षक खनाललाई असफल देखाउन संगठन भित्र र बाहिरका केही मानिस लागिपरेका छन् ।

३० वर्षे कार्यकाल सम्पन्न हुने बेलामा महानिरीक्षक खनाललाई बदनाम गर्न चौतर्फी आक्रमणको तानाबाना बुन्ने खेल सुरु भएको छ । धेरै बर्षपछि प्रहरीको मनोवल उच्च राख्न सफल आईजीपी खनाललाई विगतदेखि नै अपराधीका लागि सिंघम स्टाइलमा काम गर्ने अफिसरका रुपमा चिनिन्छ ।

नेपाल प्रहरीमा बेग्लै पहिचान बनाएका महानिरीक्षक सर्बेन्द्र खनाल अहिले चर्चाको शिखरमा छन् । नेपाल प्रहरीको २६ औं महानिरीक्षक खनाललाई विवादमा पारेर स्वार्थ सिद्ध गर्न पाइएला की भनेर धमिलो पानीमा माछा मार्न खोज्नेहरु पनि धेरै छन् । २०७४ चैत २८ गतेबाट नेपाल प्रहरीको प्रमुखको कार्यभार सम्हालेका उनी आगामी फागुनमा ३० वर्षे कार्यकाल पूरा गरी विदा हुँदै छन् । यसै सेरोफेरोमा आईजीपी खनालले नेपाल बहससँग लामो कुरा गरेका छन् । त्यसैको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

Advertisement

विगतमा उनले धेरै अपराधीहरुलाई थर्थर काँप्ने बनाएका हुन् । खनालले सुरु गरेको अभियानले गति लिंदा गुण्डा अपराधीको भागाभाग हुने अवस्था निर्माण भएको छ । आफ्नो छोटो कार्यकालमा उनी धेरै अपराधीलाई कानूनको कठघरामा ल्याउन सफल भएका छन् । बर्षौदेखि अदालतबाट सजाय पाएर पनि फरार कतिपय अपराधीलाई देशव्यापी मिशन बनाएर पक्राउ गर्ने अभियान आईजीपी खनाल कै सक्रियतामा सफल भएको छ ।

वहालवाला सभामुखविरुद्ध उजुरी पर्ने वित्तिकै पक्राउ गर्न सक्रियता देखाउने आईजीपी खनालले १२ बर्षअघि अपराध गर्ने अर्का रौतहटका कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमलाई पनि कानूनी कठघरामा ल्याउन गहन अनुसन्धान गरे । यतिको आँट र साहस विगतमा कुनै प्रहरी प्रमुखले देखाएको अनुभव नेपाली जनतालाई छैन ।

यस्ता साहसी र निडर प्रहरी प्रमुखलाई बद्नाम गराउन रातोदिन धूप हाल्नेहरु अहिले प्रधानमन्त्री र गृहमन्त्रीदेखि विभिन्न शक्तिकेन्द्रमा समक्ष पोल लगाउने ध्याउन्नमा देखिएका छन् । तर उनी आफ्नो कर्तव्यबाट डगेका छैनन् । प्रधानमन्त्री केपी ओलीले धूपौरेहरुको कुरा सुनेपनि काम भने आफ्नै विवेकले गरिरहेका छन् । प्रधानमन्त्रीले आईजीपीसँगको एक्लाएक्लै भेटमा “किप इट अन” नै भन्ने गरेको स्रोतको भनाई छ ।

जबकी सरकारद्धारा गठित छानविन समितिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो भिडन्तमै भएको निष्कर्ष निकालेको छ । सरकारी समितिले मात्र नभै संसदीय समितिले समेत यसको छानविन ग¥यो । दुबै निकायले उक्त घटनामा प्रहरीले नक्कली इन्काउन्टर नगरेको प्रतिवेदन बुझाएको छ ।

ईन्काउन्टर स्पेशलिष्टको छवि समेत बनाएका आईजीपी खनाललाई बदनाम गराउन अहिले एउटा अपराधिक गिरोह नै सलबलाएको छ । गुण्डा नाइके कुमार घैंटेलगायतलाई सखाप पार्ने खनालको लोकप्रियता आम नागरिकबीच बढेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको १५औं सम्मेलनमा सहभागी हुन फ्रान्स प्रस्थान गर्ने क्रममा ।

तर पछिल्लो अवस्थामा उनलाई राजनीतिक विवादमा पार्न सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यलाई उछाल्ने काम भइरहेको छ । मानव अधिकार आयोगले कुमार पौडेल र घैंटेको दोहोरो भिडन्तमा नभै नक्कली इन्काउन्टर गरी मारेको आरोप लगाएको छ ।

यसैलाई देखाएर कतिपय आत्मरतिमा रमाएका छन्, जबकी सरकारद्धारा गठित छानविन समितिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो भिडन्तमै भएको निष्कर्ष निकालेको छ । सरकारी समितिले मात्र नभै संसदीय समितिले समेत यसको छानविन ग¥यो । दुबै निकायले उक्त घटनामा प्रहरीले नक्कली इन्काउन्टर नगरेको प्रतिवेदन बुझाएको छ ।

उनी गुण्डागर्दी गर्नेलाई स्कूले जीवनदेखिनै मन पराउँदैन थिए । यसबारे नेपाल बहससँग कुरा गर्दै भने – म कुनै ठाउँमा गुण्डागर्दी सहन्न । प्रहरीको बलियो उपस्थितिले भ्रष्टाचार, गलत व्यवहार र बदमासी पनि नियन्त्रण गर्न सकिन्छ । आफूलाई विवादमा पार्न खोजिएपनि कर्तव्यबाट च्यूत नभएकोमा उनी गर्व गर्छन् ।

बाल्यकालदेखि नै अन्याय र थिचोमिचो सहन नसक्ने उनको स्वभाव प्रहरी अधिकृतका रुपमा पनि कायमै रह्यो । टोल समाजमा हुने गुण्डागर्दी र अपराधीविरुद्ध लडेका उनी अहिले पनि त्यही मान्यतामा अडिग छन् । आईजीपी खनालले आर्थिक अनुशासनमा जोड दिएका छन् । पारदर्शिता र संगठनको उच्च मनोबल नै आफ्नो ठूलो सम्पति रहेको उनी दावी गर्छन् ।  राम्रो गर्नेलाई पुरस्कृत गर्ने र गल्ती गर्नेलाई दण्ड दिने उनको कार्यशैली हो ।

अब सरुवा बढुवामा कुनैपनि खाले आर्थिक लेनदेनको गुन्जायस् छैन – आईजीपी खनाल भन्छन् । गलत गर्नेलाई आफूले छुट नदिनेमा उनी दृढ छन् । साथै राम्रो गर्नेलाई पुरष्कृत गर्न पनि उनी पछि हट्दैनन् । गलत गर्ने कमाण्डरलाई समेत कारबाही गरेको धेरै उदाहरण उनले दिए ।

निर्भिकतापूर्वक प्रहरीले काम गर्ने वातावरण बनाउन नै उनी जागीरे अवधिभर दत्तचित्त रहे । अप्ठ्यारो परिस्थितिमा व्यवसायिक धर्म निर्वाह गरेका सम्पूर्ण कर्मचारीहरुको अभिभावकत्व संगठन प्रमुखबाट हुनेछ भन्ने स्पष्ट सन्देश उनले दिएका छन् ।

संयुक्त राष्ट्र संघको शान्ति अभियानलाई सघाउन नेपाल प्रहरीको ठूलो योगदान छ । त्यहाँ विगतमा पुरुषको तुलनामा महिलाको उपस्थिति न्यून हुन्थ्यो ।  तर खनालले आफ्नो कार्यकालमा यो संख्या बढाएका छन् । प्रहरी प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाउन उनले सरुवा बढुवा प्रणालीमा सुधार गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८औं महासभामा सहभागी हुन चिली प्रस्थान गर्ने क्रममा त्रिभुवन एयरपोर्ट काठमाडौंमा ।

अब सरुवा बढुवामा कुनैपनि खाले आर्थिक लेनदेनको गुन्जायस् छैन – आईजीपी खनाल भन्छन् । गलत गर्नेलाई आफूले छुट नदिनेमा उनी दृढ छन् । साथै राम्रो गर्नेलाई पुरष्कृत गर्न पनि उनी पछि हट्दैनन् । गलत गर्ने कमाण्डरलाई समेत कारबाही गरेको धेरै उदाहरण उनले दिए ।

उनको कार्यकालमा आतंककारी गतिविधि पनि घटेको देखिन्छ । चाहे त्यो विप्लव समूहको होस् वा अरु कसैको । साथै नेपालमा अपराध गरेर विदेश फरार भएकाहरुलाई समेत उनको सक्रियतामा पक्राउ गरिएका बग्रेल्ती उदाहरण छन् । हामीले अन्तर्राष्ट्रिय समन्वय बढाएका छौं , त्यसैले यो संभव भएको हो ।

यसका साथै उनकै कार्यकालमा नेपालमा ठूला सम्मेलन र वरिष्ठ व्यक्तित्वको भ्रमण पनि भएको छ । चाहे त्यो चिनियाँ राष्ट्रपति सी जीनपिङको होस् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नै किन नहोस् । सुरक्षाका दृष्टिले उनी कतै चुकेनन् । यसका लागि प्रधानमन्त्री र गृहमन्त्रीले मात्र हाेइन आमनागरिकले पनि उनलाई धन्यवाद दिएका छन् । नागरिक र समूदायको साझेदारी अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको उनको ठम्याई छ । गत वर्षबाट शुरु गरिएको यो कार्यक्रममा देशभरका ७५३ स्थानीय तहसँग सहकार्यमा काम भइरहेको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा आईजीपी हटाउने हल्ला बजारमा प्रायोजित रुपमा फैलाइयो । तर यथार्थमा त्यस्तो केही थिएन ।  खनालबाट स्वार्थसिद्ध हुन नसकेकाहरुको छटपटीले यस्तो हौवा फैलाएको थियो । ‘प्रधानमन्त्रीले भेट्दा सधैं राम्रो गरेको भन्दै स्याबासी दिनु भएको चाहिं मलाई सम्झना छ’ – आईजीपी खनालले भने ।

आईजीपी खनालको कार्यकालमा विगतमा कहिल्यै नभएको सुनकाण्डका अपराधीमाथि कारबाही भएको छ । ७५ जना सुन तस्कर त अहिले जेल चलान भएका छन् ।  आईजीपी खनालको सक्रियता र कार्यशैली सुदृढ हुँदा कतिपयको टाउको दुखेको छ ।

त्यसैले उनलाई बद्नाम गर्न सकिन्छ की भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी हालेर दुख दिने प्रयास नभएका होइनन् । त्यसैले कतिपय विषयमा अख्तियारले नियमित सोधपुछ गरेको छ । त्यसलाई उनी सामान्य प्रक्रिया मान्छन् ।  कुनै अनियमितता भएको पाइए म कारबाही भोग्न तयार नै छु नी , मैले यसमा खासै केही टिप्पणी गर्नुपर्ने छैन – उनी भन्छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा आईजीपी हटाउने हल्ला बजारमा प्रायोजित रुपमा फैलाइयो । तर यथार्थमा त्यस्तो केही थिएन ।  खनालबाट स्वार्थसिद्ध हुन नसकेकाहरुको छटपटीले यस्तो हौवा फैलाएको थियो । ‘प्रधानमन्त्रीले भेट्दा सधैं राम्रो गरेको भन्दै स्याबासी दिनु भएको चाहिं मलाई सम्झना छ’ – आईजीपी खनालले भने ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्