Advertisement

२२ कार्तिक, एजेन्सी । चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सलको क्यामराजडित मोबाइल फोन सार्वजनिक गरेको छ।

उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो ‘फिचर’ राखिसकेको छैन।

चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले ‘अत्यधिक मात्रामा स्पष्ट तस्बिरू कैद गर्ने क्षमता राख्छ। तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ।

Advertisement

एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ। तर शाउमीले उक्त प्रविधि बुधवार सार्वजनिक गरिने एमआइ नोट १० मा समावेश गर्ने बताएको छ। अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार शाउमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो।

युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ। हालसम्म १०० मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ।

गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ। तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ।

Advertisement
अघिल्लो लेखअमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना !
अर्को लेखभारतमा पहिरोको संकेत दिने ‘सेन्सर’ परीक्षण
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्