कालिमाटीबाट लागुऔषध सहित २ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शुक्रबार १८:४०:१३
२२ कार्तिक काठमडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम घरभई काठमाडौं कोटेश्वर बस्ने बर्ष २५ को अबिश याखा लिम्बु र सप्तरी राजबिराज घरभई ललितपुर नखिपोट बस्ने बर्ष २४ को सुर्य नारायण यादब छन् । काठमाडौं महानगरपालिका १४ बल्खुमा शंकास्पद रुपमा हिडिरहेको अबस्थामा चेकजाँच गर्दा निजहरूको साथबाट नाईट्राभेट ३४७ ट्याब्लेट बरामद गरेको छ ।
साथै महानगरीय प्रहरी प्रभाग गोगंबुवाट खटिएको प्रहरी टोलीले बिहिबार काठमाडौं महानगरपालिका-२६ गोंगबु चोकबाट ४९ ग्राम लागुऔषध चरेश सहित १ जनालाई पक्राउ गरेको छ ।
सुचनाको आधारमा लैनचौरबाट गोंगबु आउँदै गरेको बा १ ज ९२१२ नम्बरको माईक्रो बसलाई चेकजाँच गर्दा माईक्रो बसमा सवार बाजुरा स्वामी कार्तिक-१ घर भई काठमाडौं चौमती बस्ने बर्ष-१९ को उपेन्द्र बुढालाई उक्त लागुऔषध चरेश सहित पक्राउ गरेको हो । दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरीले ग्क्ब् लेखिएको १ थान पेस्तोल र ४ राउण्ड गोली सहित ३ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु ठेगाना भएका ३५ वर्षीय देवेन्द्र भण्डारी, सोही ठाउँ ठेगाना भएका ४७ वर्षीय मनोज कुमार बस्नेत र कीर्तिपुर नगरपालिका-६ चोभार ठेगाना भएका ५० वर्षीय सुमन खड्का रहेका छन् ।
काठमाडौं उपत्यका भित्र केही व्यक्तिहरुले गैरकानूनी रुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुले हतियारको ओसारपसार गर्ने गरेको खुल्न आएको थियो ।
त्यसपश्चात उनीहरुको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौं बल्खुबाट बा १७ च ८३६४ नम्बरको गाडी सहित पक्राउ गरी घर समेत तलासी लिदा सुमन खड्काको घरमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र पेस्तोलको म्याग्जिनमा लोड भएको अवस्थामा उक्त गोली समेत बरामद भएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका २६ ठमेलमा खटिएको ट्राफिक प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने प्रदेस नम्बर ३-०२-००९ प ५१५६ नम्बरको मोटरसाईकल चालक उदयपुर त्रियुगा नगरपालिका ३ घर भई काठमाडौं कपन बस्ने वर्ष २९ को देव कुमार राईलाई पक्राउ गरेको छ ।
ठमेल सडकमा चेकजाँच गर्दा मार्दक पदार्थ सेवन गरी मोटरसाईकल चलाएका थिए । कारबाही गर्न खोज्दा निज चालक राईले प्रहरीलाई नगद १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार