Advertisement

२२ कार्तिक पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ३ जनालाई पक्राउ गरी १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले अवैध रुपमा हुण्डी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

Advertisement

शुक्रबार विहान साढे १० बजे प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्