उम्मेदवार भट्टराई भन्छिन्, देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका छ
नेपालबहस संवाददाता
कात्तिक २३, २०७६ शनिबार १७:४:१५
२३ कार्तिक, चिप्लेढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने बताइन् । जिफन्ट गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको श्रमिकको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताइन् ।
उनले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भएकाले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताइन् । देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकार सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको उल्लेख गरिन् ।
यसलाई थप प्रभावकारी बनाउन र श्रमिकलाई थप सवलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने उनले बताइन् ।। कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चूडामणि जङ्गली र श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमिकको हकअधिकार र सशक्तीकरणका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए ।
आगामी दिनमा समेत श्रमिकको भावना र चाहनालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्नसक्ने उहाँहरुको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार