अकुपाई टुँडिखेललाई मानव साङ्लोले घेरियो ( फाेटाे फिचरसहित)
नेपालबहस संवाददाता
कात्तिक २३, २०७६ शनिबार १७:२२:४५
२३ कार्तिक, काठमाडौं । स्वच्छ र खुल्ला टुँडिखेल बनाउनका लागि दबाबस्वरुप शनिबार बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिएको छ ।
‘अकुपाई टुँडिखेल’ नाम दिइएको यो अभियानअन्तर्गत शनिबार बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिएको हो । यो अभियानमा जनतादेखि जनप्रतिनिधिसम्मको सहभागिता रहेको थियो ।
अभियानमा ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व मन्त्री हिसिला यमी, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस नेता गगन थापा, भीमसेनदास प्रधान, शिक्षाविद केदारभक्त माथेमा, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, सञ्चारकर्मी रवि लामिछाने, ऋषि धमलालगायतका व्यक्तिसम्मको उपस्थिति रहेको थियो ।
पहिलो चरणमा टुँडिखेल अन्तर्गतको खुल्लामञ्च र दुई माजुमा भएको अतिक्रमणविरुद्धको अभियानमा हजारौं मानिस मानव साङ्लो बनाएर सांकेतिक आन्दोलन गरिएको आयोजकले जनाएको छ ।
आज पहिलो चरणको समापनपछि तीन महिनासम्म हरेक शनिबार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामूलक कार्यक्रम संचालन गरिने पनि अभियानका संयोजक विजयलाल श्रेष्ठले जानकारी दिए ।
आउँदा दिनमा टुँडिखेलको कथा, संचालन हुँदै आएका जात्रा पर्वका बारेमा चर्चाका साथै कविता वाचन, चेस प्रतियोगिता, विभिन्न खेलकुद गतिविधि संचालन गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार