शुक्रबार मन्त्रिमण्डल परिवर्तन हुने
Advertisement

२३ कार्तिक, काठमाडौं । चौर्तफी बिरोध र असन्तुष्टिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार र सचिवालयमा कार्यरत सबैलाई तुरुन्त राजीनामा दिन आदेश दिएका छन् ।

हिजोृ शुक्रवार साँझ अबेर बिरामी प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासमा आफ्ना सल्लाहकार र कर्मचारीहरुको भेला बोलाएर चर्को असन्तुष्टि पोखेका थिए । सल्लाहकार र सचिवालय मै कार्यरत कर्मचारीहरुका कारण सरकार दिनप्रतिदिन बदनाम हुदै गएको तथा महत्वपूर्ण सूचनाहरु पनि लिक हुन थालेको भन्दै सबैबाट अप्रत्यासित राजीनामा मागेका हुन् ।

प्रधानमन्त्रीले अप्रत्यासित राजीनामा मागेपछि सबैले मुखामुख गर्दै कालाेनिलो अनुहार लगाएको सचिवालय स्रोतले नेपालबहसलाई बताएको छ ।

Advertisement

पछिल्लो समय मृगौलाको हेमोडायलसिस गरेर आएपछि प्रधानमन्त्री ओली अलि बढी नै सक्रिय देखिन थालेका छन् । आलीले छिट्टै मन्त्रिपरिषद पनि पुर्नगठनको तयारी थालेको बताइएको छ । प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीको काममाथि नेपाल कम्युनिस्ट पार्टी (ने क पा)कै नेता तथा कार्यकर्ताहरुले पनि चर्को आलोचना र असंतुष्टि प्रकट गर्दै आएका थिए ।

प्रधानमन्त्री ओलीले राजीनामा मागेपछि बिगतमा हालीमुहाली गर्दै आएका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैको जागीर जाने भएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्