सांसद मण्डल
Advertisement

२३ कार्तिक, विराटनगर । संघीय संसदका सांसद शिवकुमार मण्डलले शुक्रबार विराटनगरको कोशी अञ्चल अस्पतालको निरीक्षण गरेका छन् । कोशी अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको तथा सो अस्पताल अस्पतालको रुपमा नभै रेफर सेन्टरको रुपमा विकसित हुँदै गएको गुनासो बढेपछि सांसद मण्डल अस्पताल पुगेका हुन् ।

विपन्न वर्गले उपचार गर्ने थलोका रुपमा चिनिएको अस्पतालमा आज बिहान बिहान ९ बजे सांसद मण्डल पुगेका हुन् । अस्पतालको निरीक्षणमा एक घण्टा खर्चिएका सांसद मण्डल अस्पतालको वार्डमा पुगे । उनले त्यहाँ कार्यरत चिकित्सक र कर्मचारीसँग अस्पतालले बिरामीलाई दिँदै आएको सेवाका बारेमा जानकारी पनि लिए ।

सांसद मण्डललाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. लोहनीले अस्पतालको वर्तमान अवस्था, चुनौती र सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।

Advertisement

सांसद मण्डलले अस्पतालका सुपरिटेन्डेनसँग अस्पतालको समस्या र सुधार गर्नुेपर्ने विषयमा छलफल गरेका थिए । साथै अस्पतालको दक्षिण गेट किन बन्द गरेको भन्दै स्पष्टीकरण मागे । उनले अस्पतालको स्रोत, सेवाग्राही जनतामा पहुँच र पावरको विभेद देखिएको गुनासो गरे ।

कोसी अञ्चल अस्पतालसांसद मण्डलले अस्पतालका सबै समस्यालाई समेटेर समस्यालाई एकएक गरि हल गर्न अस्पताल प्रशासनलाई निर्देशन दिदै आफु विराटनगर महानगरपालिकाको इन्चार्जको हैसियतले समग्र पार्टीको साथ र सहयोग रहने बताउदै सरकार कोशी अञ्चल अस्पताललाई सुविधा सम्पन्न र अत्याधुनिक हिसाबबाट संचालन गरेर सर्वसाधारण जनतालाई सेवा दिन लागि परेको बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्