राष्ट्रवादको परीक्षामा उर्तिण होलान् प्रधानमन्त्री ओली ?
Advertisement

२४ कार्तिक, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सिमा विवादका विषयमा छलफल गर्ने भएको छ ।

सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्री ओलीसंग समितिले छलफल गर्ने भएको हो । भारतीय नयाँ नक्सामा नेपाली भूभाग ‘लिपुलेक, कालापानी’ परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।

समिति सदस्य एवं नेकपाकी सांसद पम्फा भुसालले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताइन् ।

Advertisement

नयाँ नक्साका विषयमा चारैतिर विरोध भैइरहेको बेला शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।

यता, भारतीय नयाँ नक्साका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि बोलाएको छ ।

यसअघि पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य भएको बताइसकेको छ । तर, परराष्ट्र मन्त्रालयले भारतीय नयाँ नक्साका विषयमा जारी गरेको विज्ञप्तिमा प्रयोग भएका भाषा र हस्ताक्षरका सम्बन्धमा कतिपयले प्रश्न उठाएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्