डा.रुपज्योतिको ठगीकाण्डमा मिलापत्रको तयारी
नेपालबहस संवाददाता
कात्तिक २४, २०७६ आइतबार २०:२४:५४
२४ कार्तिक,काठमाडौं । प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष एवं शाहीकालिन पूर्व सहायकमन्त्री डा.रुपज्योति कंसाकारलाई काठमाडौं प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी थालेको छ ।
गत शुक्रबार जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिनको म्याद दिएर थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाएको थियो । जसको म्याद आज सकिदैछ । प्रहरीले अहिले ५ दिनको म्याद थपको माग गर्दै अदालतमा उपस्थितिका लागि लाने तयारी गरेको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले नेपालबहसलाई जानकारी दिएका छन् ।
यसैबीच अर्बपति व्यापारी भएतापनि घमण्डले गर्दा उनको ख्याति क्षणभर मै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बदनाम भएको छ । बाउको गल्तीले छोरी सूरुचीले समेत हिरासतको बास बस्नु परेपछि दुवैपक्ष बीच मिलापत्रको तयारी पनि सँगसँगै थालिएको छ । सम्भवत आजै मिलापत्र हुनसक्ने गरि छलफल थालिएको उजुरीकर्ता बिजेन्द्रकृष्ण मल्लले नेपालबहसलाई जानकारी दिएका छन् । उनले नेपालबहससँग कुरा गर्दै भने- “सकभर मिलापत्रमार्फत मिल्ने कोशिशमा छौ । उहाँहरु ५ करोड दिन राजी हुनु भएको छ । म अन्यायमा परेको पीडित हुँ । पैसा फिर्ता आउछ भने धेरै लफडा नगर्ने मुडमा छु ।”
मल्लका वकिल गणेश मैनालीसँग के मिलापत्रको प्रयास भैरहेको हो भन्ने नेपालबहसको प्रश्नमा उनले खबर सत्य भएपनि डा.रुपज्योतिले फिर्ता गर्नुपर्ने रकमको चेक गुड फर पेमेण्ट भए मात्र मान्य हुने अन्यथा नहुने गरि कुरा भैरहेको बताए ।
बिगत ५ बर्षभन्दा बढी समयदेखि चलिरहेको यो लफडाले ज्योति समुहको इज्जतमाथि भने नराम्ररी धक्का लागेको छ । बार्षिक अरबौंको व्यापार व्यवसाय गर्ने,दर्जनौ उधोग व्यवसाय संचालन गर्ने, सरकारलाई करोडौंको राजश्व र विभिन्न संघसस्थालाई करोडौं करोड दान गर्ने ज्योति ग्रुपको प्रतिष्ठा लेनदेनको सानो विवादले क्षणभरमै खरानी भएको छ ।
सिंगापुरबाट सिल्क एयरको उडानमा काठमाडौं आईपुगेका डा. रुपज्योतिलाई प्रहरीले एयरपोर्टबाटै गत विहीबार पक्राउ गरेको थियो । रोचक कुरा त के छ भने विपस्यना आर्चाय समेत रहेका,मन्त्री समेत भएका र अर्बौको कारोबार गर्ने हार्वडका पीएचडी होल्डर डा.रुपज्योतिले गत शुक्रबार प्रहरीले म्याद थप गर्न सरकारी वकिलमार्फत अदालत लान खाेज्दा म अदालतको ढोका नै टेक्दिन, जान्न भन्दै जिद्धी कसेको बताईएको छ ।
म्याद थप गरेपछि म घर जान पाउछु हैन ? भन्दै रुपज्योतिले सरकारी वकिलसँग सोधेको रोचक घटना एकजना प्रत्यक्षदर्शीले नेपालबहसलाई बताए । उनलाई यसबाट ठूलो सबक भएको छ ,उनीमाथि षडयन्त्र भयो भन्नेहरुले अब के भन्लान भन्दै एकजना विज्ञले ल्याण्डमार्क हाउजिङले राजश्व समेत ठूलो मात्रामा छलेको हुनसक्ने भएकोले त्यतातर्फ पनि सम्बन्धित निकायले छानविन थाल्नुपर्ने आवश्यकता औल्याएका छन् ।
र याे पनि…..अर्बपति व्यापारी रुप ज्योति र छोरी सूरुची हिरासतको चिसो छिंडीमा, आईजीपी खनालले देखाएका थिए सक्रियता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार