पत्रकार लम्साललाई दिएको ज्यान मार्ने धम्की प्रति महासंघ र प्रेस युनियनको ध्यानाकर्षण
Advertisement

२४ कार्तिक, काठमाडौं । पत्रकार शिव लम्साललाई समाचारको विषयलाई लिएर दिएकाे धम्कीप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

योहो टेलिभिजनका समाचार प्रमुख तथा नेपाल प्रेस युनियनका सल्लाहकार लम्साललाई ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरका प्रबन्ध निर्देशक रजत श्रेष्ठले समाचार प्रशारण गरेको विषयमा ज्यानमार्ने सम्मको धम्की दिएपछि महासंघ र युनियनले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

योहो टेलिभिजनमार्फत कात्तिक १६ गते प्रसारण भएको क्राइम विशेष कार्यक्रममा प्रसारित सामाग्रीलाई लिएर ब्लुक्रस हस्पिटलका श्रेष्ठले लम्साललाई धम्की दिएकाे विज्ञप्तिमा उल्लेख छ । ।

Advertisement

ब्लुक्रस हस्पिटलमा उपचाररत एकजना विरामीको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विरामीका आफन्त तथा हस्पिटलको उपचार प्रकृयालाई लिएर टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

लम्साललाई आएको धम्कीलाई लिएर युनियनले निकालेको विज्ञप्तीमा भनिएको छ- ‘समाचारका विषयमा असहमति जनाउने विधि र प्रक्रिया हुँदाहुँदै अस्पतालको  गहन जिम्मेवारीमा रहेका रजत श्रेष्ठले सञ्चारकर्मीलाई धम्क्याउन उद्यत हुनुले उनको तथा अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको छ ।’

यता महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझे या गुनोस रहे त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने यस्तो धम्कीको घोर निन्दा र भत्र्सना गर्दछ । र, धम्की दिने श्रेष्ठमाथि तत्काल कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीद्धारा जारी विज्ञप्ति यस प्रकार छ ।

नेपाल प्रेस युनियनका सल्लाहकार तथा योहो टेलिभिजनका समाचार प्रमुख शिव लम्साललाई समाचारको विषयमा ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरका रजत श्रेष्ठले टेलिफोन तथा सामाजिक सञ्जाल मार्फत धम्की दिइएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।

ब्लुक्रस हस्पिटलमा एक विरामीको उपचारका क्रममा मृत्यु भएको विषयमा परिवारको तर्फबाट अस्पताल व्यवस्थापनमाथि लगाइएको गम्भिर आरोप तथा त्यस बारेमा एक पक्षको रुपमा रहेको अस्पताल प्रसासनको तर्फबाट स्वयं रजत श्रेष्ठको समेत धारणा समेटी टेलिभिजनमा कार्यक्रम प्रसारण गरे वापत फोन तथा मेसेज गरि श्रेष्ठले जे पनि गर्न सक्ने भन्दै धम्क्याइएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको हो ।

समाचारका विषयमा असहमति जनाउने विधि र प्रक्रिया हुँदा हुँदै अपतालको जिम्मेवारीमा रहेका निज श्रेष्ठले सञ्चारकर्मीलाई धम्क्याउन उद्यत हुनुले उनको तथा अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको छ।

नेपाल प्रेस युनियन सञ्चारकर्मीलाई आफ्नो कर्म गर्नबाट रोक्न खोज्ने तथा धम्क्याउने रजत श्रेष्ठ जस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न स्थानिय प्रशासनसँग माग गर्दछ। अन्यथा ब्लुक्रस हस्पिटल तथा त्यससँग सम्वन्धित रजत श्रेष्ठका बिरुद्ध कडा भन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने जानकारी गराउँदछौं। धन्यवाद। जय नेपाल।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टद्धारा जारी विज्ञप्ति यस प्रकार छ ।

नेपाल पत्रकार महासंघका सभासद् तथा योहो टेलिभिजनका समाचार प्रमुख शिव लम्साललाई टेलिभिजनमा प्रसारित समाचारको विषयलाई लिएर ब्लुक्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि मृतकका आफन्तजनले अस्पतालविरुद्ध आन्दोलन गरेको विषयमा कात्तिक १६ गते योहो टेलिभिजनले रिपोर्ट प्रसारण गरेपछि सदस्य सचिव श्रेष्ठले पत्रकार लम्साललाई ५÷७ दिनअगाडिदेखि फेसबुकमा गालीगलौजको मेसेज पठाउनुका साथै कात्तिक २३ गते विहान टेलिफोनबाट मारिदिने धम्की दिएका थिए ।

प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझे या गुनोस रहे त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने यस्तो धम्कीको घोर निन्दा र भत्र्सना गर्दछ । र, धम्की दिने श्रेष्ठमाथि तत्काल कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्