उपनिर्वाचन २०७६ : मकालुका सबै मतदान केन्द्र संवेदनशील
नेपालबहस संवाददाता
कात्तिक २५, २०७६ सोमबार १९:५०:६
२५ कार्तिक, खाँदबारी । मकालुका सबै मतदान केन्द्रलाई संवेदनशिल मानिएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।
खाँदबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दुवै ठाउँमा निर्वाचन आयोगले ११ मतदानस्थल तोकेको छ । एघार मतदानस्थलमध्ये १० वटा सुरक्षाका हिसाबले संवेदनशिल रहेको निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालले बताए।
उनका अनुसार १० मतदानस्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशिलको सूचीमा राखेको हो । सुरक्षाका दृष्टिले १० मतदानस्थललाई संवेदनशिल मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशिलको सूचीमा राखिएको उनले उल्लेख गरे।
संवेदनशील मतदानस्थलमा नौ हजार एक मतदाता छन् भने १३ मतदान केन्द्र छन् । सङ्खुवासभा मकालु गाउँपालिकामाका १० वटै मतदानस्थललाई सुरक्षाका हिसाबले संवेदनशिल मानिएको प्रजिअ दुलाल बताउछन् । मकालुमा गाउँ अध्यक्ष र खाँदबारी–३ मा वडाअध्यक्षको पदका लागि उपनिर्वाचन मङ्सिर १४ गते निर्वाचन हुँदैछ ।
उपनिर्वाचन हुने मकालु गाउँपालिकामा नौ हजार एक तथा खाँदबारी नगरपालिका–३ मा एक हजार ८२२ मतदाता छन् । मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए ।
संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ दुलालको भनाइ छ । भौगोलिक विकटता, दलीय प्रतिस्पर्धा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य मतदानस्थलका रुपमा छुट्याइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार