बंगलादेशी राष्ट्रपति हमिद काठमाडाैंमा
नेपालबहस संवाददाता
कात्तिक २६, २०७६ मंगलबार १९:१३:४
२६ कार्तिक, काठमाडौं । जनगणतान्त्रिक राष्ट्र बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक भ्रमणमा आइपुगेका छन् । भर्खरै मात्र राजधानीस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका राष्ट्रपति हमिदलाई परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायतको उच्च पदस्थ अधिकारीले स्वागत गरेका छन् ।
५२ सदस्यीय टोलीको नेतृत्व गरी नेपाल भ्रमणमा आएका बंगाली राष्ट्रपति हमिदले आजै साँझ नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निम्तोमा आएका हमिद कात्तिक २९ गतेसम्म नेपाल भ्रमणमा रहने छन् ।
बंगलादेशका राष्ट्रपतिको स्वागतार्थ राजधानीमा मुख्य सहरका सडक झकिझकाउ बनाइएका छन् । आजै बंगलादेशको टोली भक्तपुरस्थित दरबार क्षेत्रको अवलोकनका लागि जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणका अवसरमा बंगाली राष्ट्रपति हमिदले नेपालका राजनीतिक दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम बनाएका छन् । जसमा उप राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री खड्गप्साद ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत रहेको परराष्ट्रले जनाएको छ ।
भ्रमणका बेला राष्ट्रपति हमिदले नेपालका प्राग ऐतिहासिक स्थलको अवलोकन गर्ने छन् । पर्यटकीय नगरी पोखराका विभिन्न स्थानमा उनको टोलीले भ्रमण गर्ने छ । साथै स्वदेश फर्कनु अघि उनले राजधानीको पर्यटकीय स्थल चन्द्रागिरिको भ्रमण गर्ने छन् ।
भ्रमण टोलीमा राष्ट्रपति हमिदका श्रीमती, दुई छोरा, सांसद् र सरकारी पदाधिकारी रहेका छन् । बंगलादेशको राष्ट्रपति स्तरमा नेपाल भ्रमण गर्ने उनी लामो समयपछिको उच्च पदस्थ हुन् । यसअघि सन् १९८७ मा तत्कालिन राष्ट्रपति मोहमद एर्शादले नेपालको राजकीय भ्रमण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार