सोमबारको उत्साह टिकेन, नेप्से पुनः ओरालो
नेपालबहस संवाददाता
कात्तिक २६, २०७६ बुधबार ४:२:५०
२६ कार्तिक काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । सोमबार दोहोरो अङ्कले उकालो लागेको बजारको वृद्धि आज भने कायम हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.६१ विन्दुले घटेर एक हजार १३९.९६ विन्दुमा कायम भयो ।
यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ विन्दुले घटेर २५१.५७ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकममा भने औसतमा नै रहेको छ । कूल १६१ कम्पनीको १० लाख ८२ हजार ८१५ कित्ता शेयर रु ३७ करोड ९८ लाख ४९ हजार ४३५ मूल्यमा खरीद–बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज उत्पादन समूहको मात्रै शेयर बढेको छ । सो समूहको शेयर ९.१८ विन्दुले बढ्दा बैंकिङ ५.३१, होटल १३.०५, विकास बैंक १३.१८, जलविद्युत् ६.९२, वित्त ३.६८, निर्जीवन बीमा ५५.८९, अन्य ०.०६, लघुवित्त १०.९९, जीवन बीमा ५.२५ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।
उत्पादन समूहतर्फको हिमालयन डिस्टिलरीको सबैभन्दा बढी कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६ करोड ९७ लाख ४० हजार ३५८ मूल्य बराबरको शेयर कारोवार भयो । यस्तै एनएमबी बैंक रु ६ करोड ४५ लाख ५८ हजार ९०१, चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड ५० लाख एक हजार ९४०, नबिल बैंक रु एक करोड ६० लाख ९८ हजार २५७, कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड २५ लाख ४० हजार, प्रभु बैंक रु एक करोड सात लाख ४९ हजार ७९४ र एनसिसी बैंकको रु ९५ लाख १० हजार ६९४ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार आज हिमालयन डिस्टिलरीको प्रतिशेयर रु १२९ ले बढेको छ । कारोवारका आधारमा शीर्ष स्थानमा रहेको सो कम्पनीका शेयरधनीले आज ७.५४ प्रतिशतले कमाएका छन् । यस्तै घोडाघोडी लघुवित्त ५.८३, सबैको लघुवित्त वित्तीय संस्था ५.२०, नेपाल इन्भेस्टमेन्ट बैंक ३.१५, युनिभर्सल पावर २.६३, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक १.९५ र गणपति माइक्रोफाइनान्सका शेयरधनीले १.६९ प्रतिशतले कमाए ।
त्यस्तै जोशी हाइड्रो पावर ५.०८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९९, नयाँ नेपाल लघुवित्त विकास बैंक ४.२८, विजय लघुवित्त वित्तीय संस्था ४.१३, आइएमई जनरल इन्सुरेन्स ४.०४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले चार प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार