अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री ओली
Advertisement

२७ कार्तिक,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी शुरु गरेसँगै मन्त्री पदका आकांक्षी सांसदरुको सक्रियता तीव्र भएको छ । नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको घरदैलोमा बिहान बेलुकै आकांक्षी सांसद्हरुको चहलपहल बढेको छ ।

संभवतः आउने शनिबार पुनर्गठन गर्ने अन्तिम तयारीमा रहेका प्रधानमन्त्री ओलीले निकटहरुसँग परामर्श बाक्लो बनाएका छन् । खासगरी ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा पटकपटक छलफल हुन थालेपछि आकांक्षीहरुको चलखेल बढेको हो ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारदेखि प्रचण्ड निवास खुमलटारसम्म आकांक्षी सांसद्हरुको भीड बढ्न थालेको छ । उता, नेकपाका अर्का नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा पनि आकांक्षी सांसद भेला हुने गरेका छन् । तर प्रधानमन्त्री ओलीले नेता नेपालसँग यसबारे कुनै छलफल नगरेकाले कसरी आफ्नो कुरा राख्ने भन्नेमा यो पक्ष अल्मलिएको छ ।

Advertisement

आज बिहान पनि नेता नेपाल निवासमा सांसदहरु भेला भएका थिए । अखबारमा आएजस्तो आफूलाई नसोधी मन्त्री बनाएको अवस्थामा के गर्ने भनेर छलफल गर्न आज बिहान नेता भीम रावल, घनश्याम भूषाल लगायतका नेताहरु नेपाल निवास पुगेका थिए ।

प्रधानमन्त्रीले व्यक्तिगत रुपमा अहिलेसम्म मन्त्रिमण्डल पुनर्गठन गर्ने भनेर आफूसँग नभनेको स्पष्ट गर्दै नेता नेपालले आफु निकट नेताहरुको बारेमा कुरा गर्ने उपयुक्त मञ्च नै फेला पार्न नसकेको गुनासो गरेको स्रोतको दावी छ । तर पुनर्गठन गर्नु अघि सचिवालय बैठक बस्ने अपेक्षा गर्दै नेता नेपालले सोही अवसरमा आफ्ना कुरा राख्ने आफू पक्षीय आकांक्षी सांसद्हरुलाई बताएका छन् ।

आज बिहान पनि नेता नेपाल निवासमा सांसदहरु भेला भएका थिए । अखबारमा आएजस्तो आफूलाई नसोधी मन्त्री बनाएको अवस्थामा के गर्ने भनेर छलफल गर्न आज बिहान नेता भीम रावल, घनश्याम भूषाल लगायतका नेताहरु नेपाल निवास पुगेका थिए ।

उता, वरिष्ठ नेता झलनाथ खनाल पनि आफू निकट एक दुई जनालाई मन्त्री बनाउने अभियानमा रहेको बताइन्छ । यसबारे खनाल आफैंले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डसँग कुरा गरेका छन् । प्रचण्डले यो प्रधानमन्त्रीको विशेष अधिकार भएकाले आफ्नो कुनै दवाव नरहने स्पष्ट गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले भने पछि छलफल गरौंला भनेको खनाल निकट स्रोतले बताएको छ । साथै, राष्ट्रपति विद्यादेवी भण्डारी पनि आफू निकट कम्तिमा एकजनालाई मन्त्री बनाउन इच्छुक देखिएकी छन् । यसबारे उनले प्रधानमन्त्रीलाई मनाइसकेको बताइन्छ । तर राष्ट्रपतिको कोटामा बन्न लागेको व्यक्तिको नाम भने ओलीले सार्वजनिक गरिसकेका छैनन् ।

पूर्व एमालेका तफबाट मन्त्री भएका मध्ये थममाया थापा, जगत विश्वकर्मा, रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित मुख्य रहेका छन् । उनीहरुको ठाउँमा सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, घनश्याम भूषाल, कृष्णगोपाल श्रेष्ठ लगायत रहने बताइन्छ । स्रोत भन्छ – वामदेव गौतम नयाँ उपप्रधानमन्त्री हुने संभावना पनि छ ।

यस्तै प्रचण्ड पनि अहिले मन्त्रिमण्डलमा रहेका केही आफू पक्षीय मन्त्रीको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओलीसँग छलफल गरिसकेका उनले केही मन्त्री फेर्न सहमति जनाएका छन् । कार्यसम्पादन फितलो भएका मध्ये प्रचण्डकी बुहारी खानेपानी मन्त्री बीना मगरलाई भने एकपटक मौका दिन ओलीलाई मनाएका छन् ।

त्यसैले संभवतः बीनाको मन्त्रालय परिवर्तन गरिए पनि मन्त्री पद भने जोगिने बताइन्छ । पूर्व माओवादी पक्षबाट बनेका उद्योगमन्त्री मातृकाप्रसाद यादव, कुषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल , वन मन्त्री शक्ति बस्नेत हटाइने सूचीमा परेका छन् । उनीहरुको सट्टा प्रचण्डले जनार्दन शर्मा, पम्फा भूषाल र अग्नि सापकोटालाई नयाँ मन्त्री बनाउन सहमति दिएका छन् ।

यसैगरी पूर्व एमालेका तफबाट मन्त्री भएका मध्ये थममाया थापा, जगत विश्वकर्मा, रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित मुख्य रहेका छन् । उनीहरुको ठाउँमा सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, घनश्याम भूषाल, कृष्णगोपाल श्रेष्ठ लगायत रहने बताइन्छ । स्रोत भन्छ – वामदेव गौतम नयाँ उपप्रधानमन्त्री हुने संभावना पनि छ ।

संघीय समाजवादी फोरम सरकारबाट बाहिरियो भने गौतम र भीम रावल नयाँ उपप्रधानमन्त्री थपिन सक्छन् । फोरम सरकारमा बस्ने कि नबस्ने भनी निर्णय लिन आगामी कात्तिक ३० गते वैठक बस्दै छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्