ठेकेदार जन्माउने राजनीति
नेपालबहस संवाददाता
कात्तिक २७, २०७६ बुधबार २०:९:२९
मुलुकमा राजनीतिक परिवर्तनपछि जनताले गरेको अत्यन्त ठूलो अपेक्षा साकार हुन थालेको आभास मिल्न थालेको छ । स्थानीय सरकारको निर्वाचन पछि गाँउगाँउमा सिंहदरबार पाएका जनताले यति जावो आशा पनि राख्न नपाउने ? भन्ने त कुरै भएन । तर जनतामा पलाएको आशा निराशामा परिणत हुन थाल्नु चाहि पक्कै पनि शुभसंकेत मान्न सकिदैन ।
जनप्रतिनिधि भनेको जनताको प्रतिनिधित्व गर्दै जनताका दुःख, समस्या र अप्ठ्याराहरुलाई सरलीकरण, सहजीकरण र समाधानका लागि आवश्यक पहल कदमी गर्न निर्वाचनमार्फत जनताले पठाएका प्रतिनिधि हुन , चाहे त्यो स्थानीय निकाय होस्, चाहे प्रदेश वा केन्द्र । यहाँ स्थानीय निकायमा रहेका जनप्रतिनिधिहरुको अहिलेको कामका बारेमा थोरै उजागर मात्र गर्न खाजिएको हो ।
स्थानीय जनताको सहभागिताबिना र बिना सल्लाह एकलौटी रुपमा आफैं डोजर मालिक भएर आएका जनप्रतिनिधिहरुले जनताका खेत, कान्ला र सार्वजनिक तथा सरकारी जग्गामा मनोमानी रुपमा चलाईएका डोजरहरुले लाखौं श्रमजीवी नेपाली मजदुरहरुको रोजीरोटी त खोसिएकै छ देशको भौगोलिक कुरुपता समेत बढाउदै गईरहेको छ ।
अहिलेको वर्तमान अवस्थाको बिश्लेषण गर्दा मुलुकका आधा भन्दा बढी बास्तविक ठेकेदारहरुले काम पाउन छाडिसकेका छन् । पार्टीका आसेपासे र दाम चढाउने ठेकेदार बाहेक अधिकांश ठेकेदारहरुलाई ठेक्का नपाउँदा किनेका भौतिक सामाग्रीहरुको ऋणको बोझले थेग्नै नसक्ने गरि थिचेको छ भने लाईसेन्स नवीकरण गराउन समेत नसक्दा बिदेश पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ । उता नवप्रवेशी जनप्रतिनिधिहरुको अघोषित ठेक्कापट्टाको व्यापार भने दिनानुदिन फस्टाउँदै गईरहेको छ ।
अहिले पनि नेपालका पहाडी र हिमाली जिल्लाहरुमा व्यापक रुपमा डोजर आतंक चलिरहेको छ । स्थानीय जनताको सहभागिताबिना र बिना सल्लाह एकलौटी रुपमा आफैं डोजर मालिक भएर आएका जनप्रतिनिधिहरुले जनताका खेत, कान्ला र सार्वजनिक तथा सरकारी जग्गामा मनोमानी रुपमा चलाईएका डोजरहरुले लाखौं श्रमजीवी नेपाली मजदुरहरुको रोजीरोटी त खोसिएकै छ देशको भौगोलिक कुरुपता समेत बढाउदै गईरहेको छ ।
जथाभावी चलाईएका डोजर र स्काभेटरहरुले भू–क्षय र पहिरोको त्रासमा गाँउलेहरु बाच्न बिवश भएका छन् । देशमा स्थानीय निर्वाचनपछि जनताले आप्mनै आगनमा आप्mनै प्रतिनिधिहरु पाउने छन् र बिकास निर्माणका काममा जनताको चासो, गुनासो र सहभागिता सहितको काम हुनेछ भन्ने विश्वसामा रहेका तमाम नेपालीहरुको चाहनामा तुषारापात लागेको छ ।
यिनै जनप्रतिनिधिहरु स्थानीय स्तरका “क” बर्गका ठेकेदारका रुपमा स्थापित भै सकेका छन् । स्थानीय स्तरमा लगाईने ठेक्कापट्टामा यिनीहरुकै हालिमुहाली हुन्छ । दृष्य वा अदृष्य रुपमा ठेक्का यिनैले पाउछन् र ठेक्का पनि यिनैले लाउछन् । भलै उनीहरुसँग बैधानिक लाईसेन्स प्राप्त नहोस् ।
स्थानीय सरकारको सेतो नं. प्लेटको गाडी र डोजर मोहका कारण राज्यको सम्पत्तिमा दोहोरो मात्र हैन तेहोरो दोहन शुरु भएको छ । जनप्रतिनिधिहरु पहिलो त आफुलाई तलबी कर्मचारीको रुपमा उभ्याई सकेका छन् । स्थानीय जनप्रतिनिधिहरुले कर्मचारीको रुपमा तलब लिन नपाउने सर्वोच्चको फैसलाले केही दिन गुपचुप भएपनि बिना तलब अब जनप्रतिनिधिहरुले काम गर्ने छैनन् । चाहे त्यो रकम तलबका रुपमा होस या भत्ता वा अरु कुनै शिर्षकमा यो उनीहरुको अधिकार जत्तिकै भैसकेको छ ।
दोश्रो, यिनै जनप्रतिनिधिहरु स्थानीय स्तरका “क” बर्गका ठेकेदारका रुपमा स्थापित भै सकेका छन् । स्थानीय स्तरमा लगाईने ठेक्कापट्टामा यिनीहरुकै हालिमुहाली हुन्छ । दृष्य वा अदृष्य रुपमा ठेक्का यिनैले पाउछन् र ठेक्का पनि यिनैले लाउछन् । भलै उनीहरुसँग बैधानिक लाईसेन्स प्राप्त नहोस् ।
राज्यकोषमा गरिब जनताले तिरेको कर र राजश्वको सानो सानो अंशलाई आप्mनो बाबुको पुख्यौली सम्पत्ति मान्ने परिपाटीले देशमा फेरी चुनाव नै नहुने हो कि भन्ने आशंका जन्माउन थालेको छ । नत्र जनताको मतले स्थानीय निकायमा पुगेका प्रतिनिधि पात्रको यो नाङ्गो नाचले हग्नेलाई भन्दा देख्नेलाई लाज हुन थालेको छ । आफै दाताको कुर्सीमा बसेर ठेक्का लगाउने अनि आफै ठेकेदार भएर काम गर्ने दोहोरो चरित्रका कारण पनि स्थानीय तहमा जनप्रतिनिधिहरु प्रति जनताको बितृणा बढदो रुपमा रहेको देखिन्छन् ।
गरिबी, बेरोजगारी र अशिक्षाबाट बाहिर निस्कने निकास खोजेको छ । तर सरकार र सरकारका हिमायतीहरु कताबाट राज्यकोषको दोहन गर्न सकिन्छ भन्ने ध्याउन्नमै ब्यस्त छन् । सरकारको गलत कामको बिरोध गर्नै नहुने अवस्था सिर्जना भएको छ ।
तेश्रो, स्थानीय जनतासँग छलफल र जनतासगैं बसेर योजना समेत नबनाई आफुखुसी मैमत्ता भएर जथाभावी जनताको निजी जमिनमा डोजर चलाउने, सरकारी सम्पदा र सार्वजनिक सम्पत्तिको अतिक्रमण गर्ने, आप्mना निजी स्वार्थका लागि निहत्था महिला र बालबालिकाहरुमाथि डोजर प्रहार गरेर घाईते बनाउने, हुकुमी र तानाशाही शासनशैलीमा आफुलाई प्रस्तुत गर्नुले स्थानीय जनप्रतिनिधि हुनु भन्दा बरु पहिलाकै कर्मचारीतन्त्रबाट सरल, समाबेशी र जनसहभागितामा अहिलेको भन्दा राम्रो काम हुने गरेको स्थानीय जनताहरु बताउन थालेका छन् ।
अहिले देशले बिकास खोजेको छ । गरिबी, बेरोजगारी र अशिक्षाबाट बाहिर निस्कने निकास खोजेको छ । तर सरकार र सरकारका हिमायतीहरु कताबाट राज्यकोषको दोहन गर्न सकिन्छ भन्ने ध्याउन्नमै ब्यस्त छन् । सरकारको गलत कामको बिरोध गर्नै नहुने अवस्था सिर्जना भएको छ । तर हलीले कुटने भनेकै जोत्ने गोरुलाई हो किनकी हलीलाई गोरुले मेलो छोड्छ कि भन्ने चिन्ता हुन्छ, समयमै मेलो सकिदैन कि भन्ने चिन्ता हुन्छ । किनभने समयमै मेलो सक्नुपर्ने हुन्छ । गोठमा बाधेर राखेको गोरुलाई कसैले पनि कुटदैन । किनकी यसले मेलो बिगार्ने चिन्ता हुदैन ।
तर अहिलेका राजनीतिका लालबुझक्कडहरुले जोतिरहेको गोरुलाई नै किन कुटेको भनेर उल्टै थर्काउछन् । यस्ता बिषयहरुमा आम नागरिकले थाहा पाउने गरी सूचनाहरु प्रवाह गर्नुपर्छ । यदि जनतामा यस्तो बितृष्णा र गुनासाहरु चुलिदै गए भने भर्खरै स्थापित व्यवस्थाप्रति संकट पैदा हुनसक्ने लक्षण देखिन्छ । ५ बर्षे करारमा नियुक्त भएका यस्ता जनप्रतिनिधि नामक लुटेरा कर्मचारीहरुबाट मुलुकले कस्तो प्रतिफल प्राप्त गर्ने हो ? त्यो चाहि हेर्न अझै बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार