उपनिर्वाचन २०७६ : मत माग्दै उम्मेदवार जनताको घरदैलोमा
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ बिहिबार १२:३७:४०
वासुदेव पौडेल र हरि बाँस्तोला / रासस
२८ कार्तिक पोखरा । कास्कीको निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । दुबै पार्टीका उम्मेदवारहरु यतिबेला मतदाताका घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।
निर्वाचन क्षेत्रअन्तर्गतका पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचन परिचालन कार्यालय तथा कतिपय वडामा आवश्यकताअनुसार शाखा कार्यालय स्थापना गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा घरदैलो कार्यक्रमलाई अघि बढाएका हुन् ।
प्रत्येक वडा तथा टोलमा प्रचारप्रसारका गतिविधिलाई प्रभावकारी बनाउन, मतदाता शिक्षालाई जनताको घरदैलोमा पु¥याउने उद्देश्यका साथ पोखरा–१७ मा विभिन्न भेगलाई समेट्ने गरी छुट्टाछुट्टै चारवटा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको नेकपा–१७ का अध्यक्ष सुवास ढुङ्गानाले जानकारी दिए ।
कार्यालयको उद्घाटन गर्दै नेकपा कास्कीका अध्यक्ष एवम् निर्वाचन कमिटी संयोजक कृष्ण थापाले विकासप्रेमी नेता स्व रवीन्द्र अधिकारीले देख्नुभएका सपना साकार पार्न विद्या भट्टराई अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाइएको बताए । जनप्रतिनिधिहरु जनताका सेवक भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्दै मतदाता माझ पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
वर्तमान पार्टी नेतृत्वको सरकारले निकट भविष्यमा सुकुम्वासी समस्या समाधान गर्ने गरी आवश्यक तयारी गरिरहेको बताउँदै उनले अबको तीन वर्षभित्र मुलुकमा कोही पनि सुकुम्बासी नहुने जानकारी दिए । नेकपा पोखरा–१७ का अध्यक्ष एवम् वडा निर्वाचन कमिटी संयोजक सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य एव्म जिल्ला कमिटी सदस्य राधिका शाही योगी, सुवर्ण श्रेष्ठ र ओमबहादुर हमाल, मजदूर नेता रुद्र खत्री, वडाध्यक्ष तीर्थ अधिकारी, भुवानी भट्टराई, पार्टी वडा सचिव ईश्वरीप्रसाद लम्साललगायतले निर्वाचनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी पूर्वस्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले नेकपा भूमिहीनहरु र आम श्रमजीवीको पार्टी भएको बताए । पोखरा महानगरपालिका–९ मा आज भएको उम्मेदवारसहितको घरदैलो कार्यक्रमपश्चात् साँघुको मुखमा आयोजित कोणसभामा बोल्दै उनले सम्पूर्ण श्रमजीवी र भूमिहीनहरुलाई समेटेर अघि बढ्ने नेकपाबाहेक विकल्प नभएको दाबी गरे ।
प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नं २ का लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विद्या भट्टराईले चुनावी घरदैलो अभियान बुधबार पोखरा–९ भीमसेनचोकस्थित शहीद भीमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुभारम्भ गरेका थिए ।
सो अवसरमा उनले शहीदको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको लहर ल्याउँदै गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए । महिला र युवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उल्लेख गर्दै उम्मेदवार भट्टराईले देश र जनताको चाहनाअनुसार समृद्धिको सपना पूरा गर्न आफू उम्मेदवार बनेर आएको बताए ।
कांग्रेसको घरदैलो भोलिदेखि दोस्रो चरणमा
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले पहिलो चरणको चुनाव प्रचारप्रसार सक्दै भोलिदेखि दोस्रो चरणका कार्यक्रम गर्ने भएको छ । पहिलो चरणअन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको र दोस्रो चरणको घरदैलोलगायतका कार्यक्रम भोलिदेखि थालिने चुनाव प्रचार समितिका मूल समितिका संयोजक एवम् कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।
दोस्रो चरणको कार्यक्रमअन्तर्गत बाँकी वडामा घरदैलो सक्ने र पुनः दोहो¥याउने उनले बताए । “पार्टीका सबै संयन्त्रलाई सक्रिय बनाएर मतदातासमक्ष पठाएका छौँ”, उनले भने, “अब दुई-तीन दिनमा पार्टीका संयन्त्रका संयोजकसँग बैठक बसी मतदाताको गुनासो र सुझावबारे छलफल गरी पार्टीको थप धारणासहित पुनः मतदातासमक्ष जाने योजना छ ।”
पार्टीले उम्मेदवार खेमराज पौडेलसहित मङ्गलबार र बुधबार दुई दिन पोखरा–१७ मा घरदैलो गरे पनि अझै नसकिएको प्रचारप्रसार समितिले जनाएको छ । भोलिदेखि बिहीबारबाट पोखरा–२० मा घरदैलो गरिने र वडा नं १७ का बाँकी रहेका मतदातालाई पुनः समय मिलाएर भेट्ने उम्मेदवार पौडेलले जानकारी दिए । महानगरका ११ वटै वडामा आफ्नो संयन्त्र क्रियाशील बनाउँदै चुनाव प्रचारप्रसार कार्यमलाई तीव्रता दिएको पार्टीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार