शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह : सुरक्षामन्त्री गोकर्ण विष्ट
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ बिहिबार १६:१५:३४
२८ कार्तिक काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन् ।
अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन आइओएमको एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा मारिया नेनेट्टे मोटसले बुधबार आफूसँग गरेको शिष्टाचार भेटमा उनले श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धाले कामदार पीडित भएको भन्दै सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने विषयमा दृढतापूर्वक लाग्न आग्रह गरे।
कामदारको नैतिक भर्ना प्रक्रियालाई व्यवस्थित गर्न न्यूनतम मापदण्डको आवश्यकता रहेको भन्दै मन्त्री विष्टले यस्ता मापदण्ड बनाउन पनि आइओएमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले श्रम आप्रवासनको दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्न सुझावसमेत दिएको श्रम मन्त्रालयले जनाएको छ ।
भेटमा क्षेत्रीय निर्देशक मोटसले श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार