पोखरामा पुगे राष्ट्रपति हमिद, फेवातालको सुरक्षा व्यवस्था कडा
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ बिहिबार १९:२४:५६
२८ कार्तिक पोखरा । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा पुगेका छन् ।
काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद पुगेका हुन । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरे ।
सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा पूmल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुगेका छन् । त्यसपछि, उनले पोखराको फेवातालमा जलविहार गर्ने कार्यक्रम रहेको छ ।
बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै
यसैबिच, बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन् । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उहाँको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ ।
उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ । त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार