निजामति कर्मचारीको उमेर हद ६० बर्ष
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ बिहिबार २०:७:२७
२८ कार्तिक, काठमाडौं । लामो छलफल र बहसपछि नेपाल निजामती कर्मचारीको उमेर हद एउटै बनाउन सहमति जुटेको छ । अब निजामती सेवामा रहेका सबै राष्ट्रसेवकको उमेर हद ६० वर्ष हुनेछ ।
आज बसेको राज्य व्यवस्था समिति बैठकले यस्तो प्रस्ताव पास गरेसँगै निजामती सेवा ऐनमा संशोधनको बाटो खुलेको छ ।तर यसको पूर्ण कार्यान्वयन भने २०२१ सालपछि जन्म मिति हुनेहरुका लागि हुने छ ।
त्यसअघि जन्म मिति भएकाहरुका लागि भने प्रत्येक वर्ष ६ – ६ महिना मात्र थपिने व्यवस्था गर्नुपर्ने छ । अर्थात , २०१९ साल जन्म मिति भएका कर्मचारीले थप ६ महिना र २०२० साल जन्म भएकाहरुको लागि एक वर्ष सेवा अवधि थपिने भएको छ । यसअघि निजामती सेवा ऐनमा कर्मचारीको सेवा हद ५८ वर्ष मात्र तोकिएको थियो ।
सामान्य प्रशासन मन्त्रालयले संसद्मा पेश गरेको यो विधेयक अब बस्ने संसद अधिवेशनले पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण भएलगत्तै कार्यान्वयनमा आउने छ ।
निजामती सेवाका विभिन्न क्षेत्रमा फरक फरक उमेर हद रहँदा समस्या भएको थियो । साथै , संविधान प्रदत्त समानताको हकको समेत बर्खिलाफ रहेको यो व्यवस्था सच्चिएकोमा निजामती कर्मचारी सम्वद्ध विभिन्न संघ संगठनले स्वागत गरेका छन् ।
लोक सेवा आयोगले समेत यस्तो विभेदकारी कानूनमा सुधार गर्न सरकारलाई विगतमा धेरै पटक सुझाव दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार